पाटनको तःबहाल मन्दिरमा ल्याइयो रातो मच्छिन्द्रनाथ (तस्वीरहरू)

‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई पाटनको तःबहाल मन्दिर ल्याइएको छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटन ६ महिना बुङ्मती राखिने चलनअनुसार बुधबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर ल्याइएको हो ।

हरेक वर्ष पाटनबाट सुरु हुने मत्स्येन्द्रनाथको जात्रा बुङ्मती पुगेर सकिन्छ । त्यसपछि फेरि बुङ्मतीबाट पाटन ल्याउने चलन रहेको छ । बुङ्मतीको मुख्य बाटोबाट नै देवतालाई खटमा बोकेर पाटन ल्याइन्छ । हरेक बाह्र वर्षमा हुने जात्रामा भने पुरानो बाटो (जुन बाटो अहिले चलनचल्तीमा छैन) बाटै ल्याउने गरिएको छ । पानेजु सङ्घको नियम अनुसार नै पानेजुहरूले मन्दिरमा पालो बस्ने, देवता बोक्नेलगायतका काम पालो गर्छन् ।

 रातो मत्स्येन्द्रनाथको जात्राका लागि दुई पटक साइत हेरिन्छ । पहिलो पटक बुङ्मतीमा रहेका देवता पाटनमा ल्याउनका लागि र दोस्रो पटक रातो थट्टिटोलमा रहेका देवतालाई जावलाखेल लैजान साइत हेरिन्छ ।

बर्सेनि आउने जात्राले पाटनवासीमा हर्ष मात्रै ल्याउँदैन एकताको भावनासमेत ल्याउने गरेको छ । जात्राका अवधिमा विभिन्न जातले गर्ने फरक फरक काम तोकिएको छ । एउटा जातको सहयोग नभई जात्राको तयारी पूरा नहुने भएकाले पनि रातो मत्स्येन्द्रनाथको जात्रा सिङ्गो पाटनवासीलाई जोड्ने जात्रासमेत बन्दै गएको छ ।

करिब १६ सय वर्षअघि सुरु भएको मत्स्येन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ । नेवारी परम्परा अनुसार ३२ हात अग्लो रथ बाजागाजाका साथ ललितपुरका विभिन्न टोलमा परिक्रमा गराउने परम्परा छ । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुवात गराएको पौराणिक कथन छ । हिन्दु धर्मावलम्बी मत्स्येन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयका रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्ने गर्छन् ।

अजय लेन्सम्यान
अजय लेन्सम्यान
लेन्सम्यान अन्नपूर्ण टाइम्सका फोटो पत्रकार हुन् ।

सिफारिस

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

भर्खरै

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

धेरै पढिएको