खान नपाएकै कारण कसैले गाउँ फर्कनु नपरोस् : मेयर शाक्य

काठमाडौं –  कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाडौं महानगरबाट सम्पन्न कामको समीक्षा गर्दै आज राष्ट्रिय सभा गृहमा ४५ औं कार्यपालिका बैठक सम्पन्न भएको छ । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न बैठक कोरोना नियन्त्रणका लागि वडामा पठाइएको बजेट, वडाबाट भएका काम, राहत वितरणका लागि संकलित विवरण, ¥यापिड डाइग्नोष्टिक परीक्षण, राहत वितरण, निःशुल्क भोजन व्यवस्थापनलगायतका बिषयमा केन्द्रीत थियो ।

बैठकका अध्यक्ष तथा महानगरका प्रमुख शाक्यले — अहिलेसम्ममा महानगरका ६८ हजार ६१७ जनालाई राहत स्वरुप खाद्यान्न दिइसकिएको बताउँदै, गाउँ फर्कनेहरु खान नपाएर भन्दा अन्य कारणले फर्किएका हुन सक्ने बताउनुभयो । खान छैन भन्ने १९ हजार ७२३ जनालाई वडाबाट निःशुल्क भोजनको व्यवस्था गरिएको छ । उहाँले थप्दै भन्नुभयो — लकडाउनका अवधिमा उपचार गर्न अस्पताल जाने ३ हजार १९५ जना बिरामीलाई अस्पताल ल्याउने घर पु¥याइयो । नेपाल एम्बुलेन्स सेवाको १०२ बाट २ हजार ६८० जनाले र एम्बलेन्स चालक संघबाट ५१५ जनाले सेवा लिएका छन् । यसमध्ये पनि १०२ बाट १ हजार ५३३ जनालाई दिनमा र ८४५ जनालाई रातको समयमा सेवा दिइयो । यीमध्ये १७६ जना अति विपन्न, कोभिड भाइरसको परीक्षण गर्न जान्छौं भन्ने १२१ र प्रसुति सेवाका लागि जाने ५ जना गरी ३०२ जनालाई निःशुल्क सेवा दिईएको हो । प्रमुख शाक्यले भन्नुभयो — बैशाख २ गतेबाट शुरु गरिएको एम्बुलेन्स चालक संघले दिएका सेबा सबै निःशुल्क हुन् । यसमा लाग्ने शुल्क महानगरले भुक्तानी गर्छ । मेयर शाक्यले थप्दै भन्नुभयो — राहत वितरणमा एकद्वार नीतिअनुरुप वडाबाट काम भएकोले बिकृतिमा न्युनीकरण भएको छ । कोरोना बिरुद्धको लडाइँमा आवश्यक पर्ने सामान प्राप्त गर्न महानगरको बाटो हेर्नु पर्दैन, कोषबाट पठाइएको रकमबाट आफैं खरिद गर्न सक्नुहुन्छ, मेयर शाक्यले वडाध्यक्षहरुलाई नीतिगत प्रबन्धका बारेमा स्पष्ट पार्नुभयो । बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउन मेयर शाक्यले वडाध्यक्षहरुसँग आग्रह गर्नुभएको थियो ।

बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — आन्तरिक समन्वय मजवुत भएकोले राहत वितरण सहज भएको बताउँदै यसलाई थप सुदृढ बनाउँदै लाजु पर्नेमा जोड दिनुभयो । अहिले प्राप्त भएका बिववरणलाई अद्यावधिक गरेर सहरी समाज व्यवस्थापनमा उपयोग गरौं, उपप्रमुखको जोड थियो ।

महानगरको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला वडा, मझौला र साना वडालाई निकासा पठाइएको क्रमशः १५ लाख, १० लाख र ५ लाख रुपैयाँलाई बैठकले अनुमोदन गरेको छ । त्यसैगरी फोहोर व्यवस्थापनका लागि प्रयोग हुँदै आएको ककनी गाउँपालिकाकाका प्रभावित वडाका राहतका लागि प्रदान गरिएको १५ लाख रुपैयाँ र धुनिवेँसी नगरपालिकाकाको वडा १ का लागि पठाइएको ३ लाख रुपैयाँ बैठकले अनुमोदन गरेको छ ।
यससँगै सामाजिक परिचालकहरुको करार म्याद असार मसान्तसम्म थप गरी उनीहरुलाई बैशाख १ गतेबाट लागु हुने गरी मासिक २४ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिएको छ । बैठकले बसन्तपुर क्षेत्रमा भएका कान्ति ईश्वरी राज्यलक्ष्मी र कन्या माद्यमिक बिद्यालयलाई स्थानान्तरण गर्ने र सिसिटिभि क्यामरा जडान गर्न नेपाल प्रहरीसँग भएको सम्झौताबमोजिम भुक्तानी गर्नुपर्ने बाँकी रकम भुक्तानी गर्ने निर्णय गरेको छ ।

बैठकमा वडा ४ का अध्यक्ष मोहन बिष्ट, ५ का अध्यक्ष रमेश डंगोल, ७ का अध्यक्ष शुद्धकुमार डंगोल, १० का अध्यक्ष रामकुमार के. सी., ११ का अध्यक्ष हीरालाल तण्डुकार, १२ का अध्यक्ष बिकास डंगोल, २३ का अध्यक्ष मचाराजा महर्जन, २५ का अध्यक्ष नीलकाजी शाक्यm ३० का अध्यक्ष दलबहादुर कार्की र कार्यपालिका सदस्य प्रेम पुजारीले कोरोना बिरुद्धको संघर्षमा वडा समितिले भोगेका चुनौती, राहत वितरण व्यवस्थापनका समस्या र महानगरले अब अबलम्बन गर्नुपर्ने दिशामा बिषयमा धारणा राख्नुभएको थियो ।

यसरी राखिएका धारणा तथा सुझावहरुमा — राहत वितरणका सहयोगीहरुको भूमिकाको प्रशंशा गर्नुपर्ने, वडामा समन्वय नगरी राहत लिएर आउनेहरुलाई अझै हतोत्साह गर्नुपर्ने, सामाजिक दुरी र स्वास्थ्य सुरक्षा अपनाएर पूर्वाधारका कामलाई नियमित गर्नुपर्ने, जमिनमुनिसम्म घर बनाउन थालेर छोडेकालाई शर्त सहित निर्माण कार्य अघि बढाउन दिइनुपर्ने, लकडाउनपछि बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुको सुरक्षा र युवा परिचालनमा सचेत हुनुपर्ने, उपत्यकाबाहिरबाट फर्कनेहरुको स्वास्थ्य अवस्था र यहाँको समुदायसँगको कसरी मिसिन्छन् जस्ता कुरामा सजग भएर कार्यक्रम ल्याउनु पर्नेलगायत थिए ।

सिफारिस

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

भर्खरै

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

धेरै पढिएको