१२ वर्षे हरिसिद्धि भवानीको फूल्चोकी माई दर्शन चैत्र १७ गते हुने

हरिसिद्धि भवानीको १२ वर्षे पर्व फूल्चोकी माई दर्शन यहि आउँदो चैत्र १७ गते हुने भएको छ। बिहीवार ललितपुरमा पत्रकार सम्मेलन गरी श्री हरिसिद्धि भवानी १२ वर्षे फूलचोकी माई पर्व सञ्चालन समितिले यसबारेमा जानकारी गराइएको हो।

शनिवारका दिन बिहान ४ बजे हरिसिद्धि भवानीको प्राङ्गणमा भेला भई हरिसिद्धि भवानीका पुजारीहरूद्वारा पुजासामग्री,काहा बाजा, धिमे बाजासहित सबै भक्तजनहरूले कोपुली नौधारा मन्दिरमा पुजागरी फुल्चोकीमा गएर फुल्चोकी माईको पुजागरी हरसिद्धि भवानी १२ वर्षे सिद्धि दनेगु कार्य औपचारिक रूपमा सम्पन्न हुनेछ।

पूजापछि गोदावरीको हरसिद्धि चौर (जल ख्यः) मा हरसिद्धि भवानीको प्रतिक स्वरूपको पुजा कलश विराजमान गरी पुजारीहरूलाई प्रसाद ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ।

यस्तै,पत्रकार सम्मेलनमा जानकारी दिँदै ललितपुर महानगरपालिका, २८ का अध्यक्ष वीरेन्द्र महर्जनले भने,‘हरेक वर्ष हरिसिद्ध भवानीको नाच देखाइन्छ, उक्त नाच योमरी पुन्ही, फागु पूर्णिमाको दिन दिनभर देखाइन्छ भने दशैँको दिनमा समेत एक पटक देखाइन्छ। हरिसिद्धि भवानीको नाच विक्रम संवत १००३ देखि प्रचलनमा आएको मानिन्छ । हरिसिद्धि नाच नेपालको पहिलो मुकुण्डो नाच पनि हो। यस पटक प्रत्येक १२ वर्षमा नाच धुलीखेल, दोलखा, पशुपति, पनौतीमा देखाउने कार्य सम्पन्न भइसकेको छ।’

सरकारी पूजागरी क्रमवद्धरूपमा श्रद्धालु भक्तजनहरूको पूजा (छायछी) गरी विभिन्न साँस्कृतिक बाजा खलःहरूलाई भोज खुवाउने कार्यक्रम पनि रहेको र बाडेगाउँस्थित जलःगामा द्यो लिछोया थैबको जलः चपाको बाटो भई हरिसिद्धिको वपी टोलको ढोकाबाट निःब हुँदै हरिसिद्धि भवानीको प्राङ्गणमा पुगे पश्चात १२ वर्षे मेला सम्पन्न हुनेछ।

हरसिद्धि भवानीको ईतिहास अत्यन्तै पुरानो, पौराणिक एवं साँस्कृतिक, धार्मिक महत्व बोकेको छ । पहिला बानेश्वरमा लोप भै गएको हरसिद्धि नाँच एक ब्यक्तिले फुल्चोकीमा दाउरा लिन गएको समयमा स्वर्गबाट देवताहरू आएर आ-आफनो तालमा नाचिरहेको देखे । उक्त नाँच ती दाउरा लिन गएको ब्यक्तिले हेरिरहेका थिए । सो नाँच बारे राजालाई बिन्ती चढाउँदा त्यसको भोलिपल्ट पाटनका तान्त्रिक गयोजुजु पठाई मन्त्रतन्त्र गरी तारमराखी गोदावरीको फुल्चोकीदेखि ठाउँ-ठाउँमा बिराजमान गराई बाडेगाउँ, थैव, जेस्तापुर अहिलेको हरिसिद्धिमा विराजमान गराई पाटन लैजान उचाल्न लाग्दा उचाल्न नसक्दा हरसिद्धि मै विराजमान गराईको भन्ने भनाई रहेको छ । उक्त समयदेखि आबश्यक सामाग्री सहित हरसिद्धि भवानीको नाँच देखाउदै आइएको छ । यो नाँच योमरी पुन्हीदेखि फागु पुन्हीसम्म देखाईने गरिन्थ्यो तर पछि भक्तजनहरूको कमीले गर्दा योमरी पुर्णिमा र फागु पुर्णिमाको दिनमात्र देखाउने चलन गरियो। हरिसिद्धि भवानीको उत्पति फुल्चोकी जंगलसंग धार्मिक र साँस्कृतिक नाता कायम रहेकोले १२ बर्षमा एकपटक फुल्चोकी माईको पुजाआजा गरिदै आईएको छ ।

त्यस्तै बाह्र बर्षमा एकपटक गोदावरी कुण्डको सिंहअष्ट मेलामा हरसिद्धि भवानीको पुजारीहरूले गोदावरी कुण्डको ढोका खोली आफुहरू पहिलो पटक नुहाई सिंहअष्ट मेलाको शुभारम्भ गर्ने चलन समेत रही आएको छ। त्यसको एक वर्षपछि ढोका बन्द गरी मेला समापन गर्ने परम्परा रहँदै आएको छ । त्यस्तै हरिसिद्धिका स्थानीयवासीहरूको मृत्यु संस्कारको लागि दाहसंस्कार गर्न आवश्यक काठ दाउरा लिन फुल्चोकी डाँडाबाट जोलासिं नामको दाउरा लिई एक भारी दाउरा मृत्यु गुठीमा चढाउने प्रचलन रहेको छ । साथै असार १५ गतेभित्र रोपाईको लागि पानी नपरे उपयुक्त साईतमा फुल्चोकी माई (गुराहिटि)लाई पुजाआजा गरिए पानी पर्ने जनविश्वास समेत कायमै छ । त्यस्तै हरसिद्धि भवानीको हात्ती (किसी आजु) हात्तिवन (चापागु) चर्न जाने भएकोले उक्त वनको नाम हात्तिवन (चापागु) रहन गएको किम्बदन्ती रहेको छ।

अजय लेन्सम्यान
अजय लेन्सम्यान
लेन्सम्यान अन्नपूर्ण टाइम्सका फोटो पत्रकार हुन् ।

सिफारिस

नेपाल उसु महासंघले वैधानिकताबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं — नेपाल उसु महासंघले पछिल्लो समय विभिन्न माध्यममा फैलिएका “असत्य, भ्रामक र गैर–तथ्यात्मक” सूचनाप्रति आपत्ति जनाउँदै आफ्नो वैधानिकता र नेतृत्वबारे आधिकारिक विज्ञप्ति सार्वजनिक...

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी दर्जाको...

ड्रोन भ्यूमा पोखरा पुम्दिकोटको मनमोहक दृश्य (तस्वीरहरू)

पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक पर्यटकीय स्थल हो। यहाँ रहेको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रूपमा रहेको छ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष...

ड्रोन भ्यूमा पोखरा पुम्दिकोटको मनमोहक दृश्य (तस्वीरहरू)

पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक...

सन्चारकर्मी शिरोमणि दवाडीलाई ‘राष्ट्रिय सृजनशील सञ्चारकर्मी सम्मान’

काठमाडौं- ओप्सना फिल्मस् प्रालिको आयोजना मा दोस्रो ‘ओप्सना फिल्म...

 दुर्गा प्रसाईले गर्ने भनेको नेपाल बन्द फिर्ता

काठमाडौं —  नेपाल सरकार र दुर्गा प्रसाई नेतृत्वको  राष्ट्र,...

मार्क वाटको शतकमा कर्णालीको सहज जित

प्रारम्भिक ब्याटर मार्क वार्टको शतकमा कर्णाली याक्सले सिद्धार्थ बैक...

ढाका टोपीमा सजिएर कीर्तिपुरमा एनपिएल हेर्न पुगेका दर्शक (तस्वीरहरू)

काठमाडौँ- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर...

धेरै पढिएको