ओलीलाई हटाउँन बालुवाटार जग्गा काण्डका माफीयाहरू सक्रिए

काठमाडौं – विश्वभर कोरोना महामारीको संकटले गाँजी रहेका बेला कसरी यसबाट मुक्ति पाउँने र अर्थतन्त्रलाई उकास्ने भन्ने विषयमा बहस भइरहेको बेला नेपालमा भने राजनितिक खिचातानीले उग्र रुप लिइरहेको छ । चरम सत्तालिप्सामा नेताहरु रमाएको देख्दा जनता वाक्क भएका छन् । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको आन्तिरिक शक्ति संघर्ष र रडाकोले देश तरंगित भइरहेको छ । दुई विवादास्पद अध्यादेश ल्याएर फिर्ता लिएपछि प्रधानमन्त्री केपी ओली घेरावन्दीमा परेका छन् ।

अध्यादेश फिर्ता लिइसकेपछि पनि आफुलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट हटाउँन षड्यन्त्र गरिएको भन्दै ओलीले दुखेसो गरिरहेका छन् । प्रधानमन्त्री माथी दबाव बढाउँदै लगेको नेपाल प्रचण्ड गठबन्धनले ओलीलाई जसरी पनि प्रधानमन्त्रीबाट राजिनामा गराएरै छोड्ने रणनिति लिएको छ । यसैबीच प्रधानमन्त्रीले बामदेव कार्ड फालेका छन् यसले कस्तो परिणाम दिने हो त्यो भने हेर्न बाँकी नै छ । प्रधानमन्त्रीबाट प्रधानमन्त्रीको अफर आएपछि अब बामदेवको भूमिका के रहन्छ यसले धेरै हदसम्म नेकपाको आगामी राजनितिलाई निर्देशित गर्ने छ ।

प्रधानमन्त्री ओलीलाई हटाउँने कसरत सुरु भएसँगै बालुवाटार जग्गा काण्डमा मुछिएका माफीयाहरु जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउँन सक्रिएको रहेको उच्च स्रोतले जानकारी दिएको छ ।

नेकपाका उच्च तहका एक नेताले अन्नपूर्ण टाइम्ससँग कुराकानी गर्दै माफीयाको कब्जामा रहेका नेकपाकै नेताहरुले उनीहरुको इसारामा लागेर ओलीलाई ढाल्ने षड्यन्त्र गरेको आरोप लगाए ।  नाम चलेका २०० देखि  ३०० जनाको नेताहरूको नाम बालुवाटार जग्गा काण्डमा मुछिएको छ उनीहरुको कसैको पनि अनुहार नहेरी कारवाही गर्न ओलीले कलम चालेपछि उनीहरुमा छट्पटी सुरु भएको र कुनै पनि हालमा ओलीलाई ढालेरै छोड्ने रणनितिमा उनीहरु लागेको ती नेताले बताए ।

प्रधानमन्त्रीले यसअघि पनि पटक पटक बरु कुर्सी छाड्न तयार छु तर भ्रष्टाचारी , माफीयालाई कारवाही गरेरै छोड्छु भन्ने अभिव्यक्ति दिँदै आएका थिए । यता वालुवाटार जग्गाकाण्डमा मुछिएका पार्टी महासचिव विष्णु पौडेल एकाएक ओली क्याम्प छोडेर नेपाल प्रचण्ड क्याम्प तिर टाँसिन जानुले पनि रहस्य बढाएको छ । बालुवाटार जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधव नेपालको पनि नाम जोडिएको छ । नेपाल निकट नेता रघुजी पन्तले सार्वजनिक रुपमै नेताहरुलाई भ्रष्टाचारको मुद्धामा फसाउँन ओलीले चाल खेलको बताएका छन् ।

सिफारिस

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

भर्खरै

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

धेरै पढिएको