प्रकृतिसँग लुकामारी खेल्दै कालिञ्चोक (तस्वीरहरू)

वर्षायाममा प्रकृतिसँग लुकामारी खेल्दै कालिञ्चोक पुग्नुको मज्जा नै बेग्लै हुन्छ। सेकेण्ड सेकेण्डमा नयाँ नयाँ स्वरूपमा देखिन्छ कालिञ्चोक। आँखा झिमिक्क समेत गर्न दिँदैन यहाँको प्रकृतिले।

प्रकृतिले छिनछिनमा आफ्नो रूप  बदल्दा  जता हेरे पनि हेरिरहुँ झैं लाग्ने देखिन्छ। त्यसैले कालिञ्चोकलाई तपस्वीहरूको तपोभूमि, प्रकृतिसँग रमाउनेहरूको क्रिडास्थल मानिन्छ। त्यस्तै धर्मकर्म गर्नेहरूको लागि पुण्यभूमि अनि प्रकृति, धर्म र साहसिक यात्राको उत्कृष्ट त्रिवेणीधाम हो।

राजधानी काठमाडौं नजिकैको ठाउँ भएकाले आन्तरिक पर्यटकहरु सहजै यो ठाउँमा पुग्न सक्छन् । हिउँदमा भरिभराउ हुने यस ठाउँमा वर्षायाममामा भने पर्यटकहरु कमै हुने गरेका छन्।

कालिञ्चोक सदरमुकाम चरिकोटबाट १७ किलोमिटरमा पुग्न सकिन्छ। कालिञ्चोक मन्दिर ३ हजार ८ सय ४२ मिटरको उचाइमा छ। पैदल यात्राबाट पनि सजिलै पुग्न सकिने यस ठाउँमा हाल दैनिक रूपमा गाडीको सुविधा छ। अनेकौ किम्वदन्ती र पौराणिक कथाहरूमा समेत वर्णित यसको महिमा व्यापक छ।

विशेषगरी जनैपूर्णिमा, कार्तिक पूर्णिमा, चैतेदसैं, दसैं, नयाँ वर्षका दिन भव्य मेला लाग्ने यो पुण्यभूमिमा वर्षैभरी दर्शनार्थीहरूको बाक्लै उपस्थिति हुन्छ। प्रकृतिका छटाहरू नयनमा सजाउँदै, पाइलै पिच्छे गुञ्जने चराचुरूङ्गीका कर्णप्रिय वाणीहरूले यात्रालाई सजिलो र छोटोको आभास दिलाउँछ।

सिफारिस

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ सोमबार लोकार्पण भएको छ। प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राखिएको उक्त कृतिमा देशप्रेम...

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं - यस वर्षको बडादशैंको विजया दशमीका दिन टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास...

भर्खरै

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं - यस वर्षको बडादशैंको विजया दशमीका दिन टीका...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

बर्दिबास — नेपाली सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप...

कांग्रेस महाधिवेशनमा जितेन्द्र महर्जन ‘पारस’को केन्द्रीय सदस्यमा उम्मेदवारी

ललितपुर - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ललितपुरका कांग्रेस नेता...

विराटनगर किङ्स र एभरेस्ट बैंकबीच सहकार्यको निरन्तरता

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर...

अन्तर–एकेडेमी फुटसल कप २०२६ सम्पन्न, स्वस्तिश्रीको उत्कृष्ट प्रदर्शन

काठमाडौं - स्वस्तिश्री स्पोर्ट्स एकेडेमीको आयोजनामा सञ्चालित अन्तर–एकेडेमी फुटसल...

धेरै पढिएको