काठमाडौँ – हाँस्यब्यङ्ग्य कलाकार एवम् रंगकर्मी कृष्ण प्रसाद धिताल ( धिताल चिरिच्याँट्ट) ले कोरोना भाईरस रोकथाम नियन्त्रणमा र सहजकताको लागि सन्देशमुलक भिडियो निर्माण गरेका छन् ।
लकडाउनको समयलाई सदुपयोग गर्दै धितालले यसअघि पनि विभिन्न सन्देश मुलक भिडियो सामाग्री निमार्ण गरिसकेका छन् । कोरोना पुराणको नाम दिईएको भिडियोमा साबुन पानीले हात धुनुपर्ने, कोरोना भाईरसको शंका लागेमा स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइनमा बस्ने, लकडाउन पुर्ण रुपमा पालना गरि, कोरोना बिरुद्धको अभियानमा सबै एक हुनुपर्ने सन्देश भिडियोमा समाबेश गरेका छन् ।
हेर्नुहोस् भिडियो
