चीनको पान्जीनमा नेपाली चित्रकारहरूको वृहत् कला प्रदर्शनी हुने

चीनको पान्जीनमा नेपाली कला प्रदर्शनी हुने चीनको उत्तरपूर्वी प्रन्त लावोनिंगमा अवस्थित पर्यटकीय शहर पान्जीनमा यही सेप्टेम्बर १९-२३ तारिखसम्म नेपाली बृहत कला प्रदर्शनी हुने भएको छ ।

पान्जीन जिंगलोंगती डिस्ट्रिक गभरमेन्ट र अन्तराष्ट्रिय जलरॅग समाज नेपालको संयुक्त आयोजना एवं लिओही आर्ट म्युजियमको सह-आयोजनामा सम्पन्न हुने उक्त कार्यक्रममा नेपालका २८ जना बरिष्ठ तथा युवा कलाकारका १०० भन्दा बढी कला प्रदर्शनमा राखिने छ  ।

नेपाली र चिनीया कलाकारहरुको संम्बन्धलाई अझ मजबुद बनाउने र भविष्यमा दुई देशबिचको कलालाई निरन्तर आदनप्रदान गर्ने हेतुले उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

५ दिनसम्म आयोजना हुने उक्त कला प्रदर्शनीमा नेपाली जनजीवन, संस्कृती र प्राकृतिक सौन्दर्यसंग सम्बन्धीत कलाकृतिको प्रदर्शनी गरिनुका साथै कलाका विविध गतिविधिहरू समेत समाबेश गरिने छन। पान्जीनको कला र संस्कृतिकलाई अझ नजिकबाट अवलोकन गर्न अन्तराष्ट्रिय जलरंग समाज नेपालका अध्यक्ष एन.बी. गुरुङको नेतृत्वमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपती लालकाजी लामा , समाजका महासचिव दिपेन्द्रमान बनेपाली, कोषाध्यक्ष भीम श्रेष्ठ , समाजका सदस्यहरु डिबी राई, विनोद कुमार गुप्ता र सुरेश श्यागतान गरि ७ जना कलाकारहरु कार्यक्रममा उपस्थिति जनाउन पान्जीन जाने कार्यक्रम रहेको छ।

आईडब्लुयस नेपालले तय गरेको दिर्घकालिन लक्ष्य अनुरुप “कला र पर्यटन , कलाकार र अन्तराष्ट्रिय पहिचान भने” नारालाई ब्यवहारमा उतार्न यस्ता खाले कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष गुरुंगले बताउनुभयो । यसअघि समाजले आफ्नो स्थापना कालदेखि नै अन्तराष्ट्रियस्तरका विभिन्न कार्यक्रमहरु भब्यताका साथ सम्पन्न गरिसकेको छ ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको