सकियो नेपाल परिवार दलको केन्द्रीय कार्य सम्पादन समितिको बैठक, के- के गर्यो निर्णय ?

काठमाडौं – नेपाल परिवार दलको केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले हालको राजनीतिक घटनाक्रम, जेनजी आन्दोलन र अन्तरिम सरकारप्रति आफ्ना धारणा सार्वजनिक गरेको छ।

बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा उठाइएका भ्रष्टाचार अन्त्य, सुशासन, जवाफदेहिता र पारदर्शिताका मागलाई जायज ठहर गर्दै सरकारले सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ। त्यस्तै, अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा छ महिनाभित्र हुने भनिएको निर्वाचनलाई सकारात्मक लिँदै तोकिएको समयमा स्वतन्त्र, निष्पक्ष र धाँधलीविहीन चुनाव सम्पन्न गर्न आग्रह गरिएको छ।

बैठकले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ। साथै, छानबिन आयोगले तोडफोड, आगजनी र सम्पत्ति लुटपाटबारे सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएको छ।

दलले नेपालको संविधानले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र सामाजिक न्यायलाई थप संस्थागत गर्दै ‘अग्रपंथी लोकतन्त्र’लाई वैचारिक मार्गका रूपमा अघि सार्ने निर्णय गरेको छ। बैठकले नेपाललाई शान्तिक्षेत्र घोषणा गर्न अन्तरिम सरकारसँग आग्रह गरेको छ।

जेनजी पुस्ताको भावनालाई कदर गर्दै पार्टीका विभिन्न तहका समितिहरूमा उनीहरूको सहभागिता बढाउने निर्णय समेत भएको छ। साथै, सहमहामन्त्री मिलन राजबंशीको संयोजकत्वमा जेनजी आन्दोलनकारीसहित सरोकारवालासँग संवाद गर्न वार्ता टोली गठन गरिएको छ।

बैठकले दशैं, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीहरूलाई शुभकामना पनि व्यक्त गरेको छ।

सिफारिस

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका लागि विज्ञापन जारी गरेको हो। सेनाको विभिन्न पृतना, गण तथा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले खड्का ल्यान्डमा आफ्नो स्वामित्व नरहेको बताएका छन्। खड्का ल्यान्डले लामो समयदेखि काठमाडौं लैनचौरस्थित...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य सार्वजनिक गरिएको छ।मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट रंगशालामा हुने दोस्रो संस्करणको एनपिएलका लागि...

भर्खरै

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

काठमान्डू गोर्खाजद्वारा उपत्यकामा एनपीएल ट्रफी प्रदर्शन (तस्वीरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन...

मेलम्ची बाढीपीडितलाई कुलमानले तपाईहरू परिचालित भएर म कहाँ आउने भनेपछि…

काठमाडौं - २०७८ असार को मेलम्चीखोलामा आएको बाढीले घरबार...

धर्तिको अप्सरा उपनामले चिनिने रारा तालको मनमोहक दृश्य (तस्वीरहरू)

मौसम खुलेपछि नेपालको “धर्तिको अप्सरा” उपनामले चिनिने, समुन्द्री सतहदेखि...

धेरै पढिएको