सकियो नेपाल परिवार दलको केन्द्रीय कार्य सम्पादन समितिको बैठक, के- के गर्यो निर्णय ?

काठमाडौं – नेपाल परिवार दलको केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले हालको राजनीतिक घटनाक्रम, जेनजी आन्दोलन र अन्तरिम सरकारप्रति आफ्ना धारणा सार्वजनिक गरेको छ।

बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा उठाइएका भ्रष्टाचार अन्त्य, सुशासन, जवाफदेहिता र पारदर्शिताका मागलाई जायज ठहर गर्दै सरकारले सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ। त्यस्तै, अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा छ महिनाभित्र हुने भनिएको निर्वाचनलाई सकारात्मक लिँदै तोकिएको समयमा स्वतन्त्र, निष्पक्ष र धाँधलीविहीन चुनाव सम्पन्न गर्न आग्रह गरिएको छ।

बैठकले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ। साथै, छानबिन आयोगले तोडफोड, आगजनी र सम्पत्ति लुटपाटबारे सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएको छ।

दलले नेपालको संविधानले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र सामाजिक न्यायलाई थप संस्थागत गर्दै ‘अग्रपंथी लोकतन्त्र’लाई वैचारिक मार्गका रूपमा अघि सार्ने निर्णय गरेको छ। बैठकले नेपाललाई शान्तिक्षेत्र घोषणा गर्न अन्तरिम सरकारसँग आग्रह गरेको छ।

जेनजी पुस्ताको भावनालाई कदर गर्दै पार्टीका विभिन्न तहका समितिहरूमा उनीहरूको सहभागिता बढाउने निर्णय समेत भएको छ। साथै, सहमहामन्त्री मिलन राजबंशीको संयोजकत्वमा जेनजी आन्दोलनकारीसहित सरोकारवालासँग संवाद गर्न वार्ता टोली गठन गरिएको छ।

बैठकले दशैं, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीहरूलाई शुभकामना पनि व्यक्त गरेको छ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको