नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास: भारतले माफी माग्यो

काठमाडौँ – दुई दिनअघि झापा  जिल्ला कचनकबल गाउँपालिका–४ खुट्टामनीबाट पनि भारतीयहरू नेपाल प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसँग विवाद भएको थियो । घटनाका विषयमा मंगलबार बिहान दुवै देशका सुरक्षा कमान्डरबीच छलफल भएको छ । घटनास्थल रहेको दशगजामा बिहार राज्यको किसनगन्जस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) १२ बटालियनका कमान्डर सुवास नेङ्की, धनतला ग्राम पञ्चायतका मुखिया र नेपालका तर्फबाट सशस्त्रका एसपी रमेशकुमार थक्सु, गाउँपालिकाका अध्यक्ष जयनारायण साह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीलगायतको टोलीबीच छलफल भएको हो । छलफलमा भारतीय पक्षले आफ्ना नागरिकबाट गल्ती भएको स्वीकारेको गाउँपालिका अध्यक्ष साहले बताए ।

नेपाली सुरक्षाकर्मीले मानवीय क्षति नहुने गरी हवाई फायर मात्र गरेको भन्दै एसएसबी कमान्डरले धन्यवाद व्यक्त गरेको उनको भनाइ थियो । उनका अनुसार भारतीय पक्षले आगामी दिनमा यस किसिमको गल्ती हुन नदिने प्रतिबद्धता जनाएका छन्

सीमावर्ती क्षेत्रमा गरेको खेती हेर्न जान लागेको भन्दै १५ जनाको संख्यामा आएका भारतीयहरू जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेका थिए । १२० नम्बर पिलर छेउमा चार जना मात्र प्रहरी खटिएको देखेपछि उनीहरूले जबर्जस्ती गरेका थिए । तर तत्कालै नजिकैको क्याम्पबाट थप प्रहरी आएपछि उनीहरू भारततर्फ भागेका थिए ।

सिफारिस

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

भर्खरै

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

धेरै पढिएको