काठमाडौँ – आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४औँ बुद्ध जयन्ती । गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा भएकाले हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख पूर्णिमा कै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्वीहरूद्वारा बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको प्रातः स्मरण गर्दै शान्तिका अग्रदूत गौतम बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिका साथ बुद्ध जयन्ती मनाउने गरिएको छ।
यो वर्ष भने कोरोनाभाइरसको संक्रम्रणका कारण बुद्ध जयन्तीका अवसरमा हुने औपचारिक कार्यक्रमहरु रोकिएका छन् ।
लुम्बिनी विकास कोषले एकहप्ता अघि नै विज्ञप्ति निकालेर २५६४औं बुद्ध जयन्तीका दिन आज गर्ने तयारी गरिएको बुद्ध जयन्ती मूल समारोह कार्यक्रम तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो
