भक्तपुर- नेपालीहरूको दोस्रो महान पर्व तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका, गुण्डुका पुष्प व्यवसायी किसानहरूलाई अहिले फूलको माला बनाउन भ्याइनभ्याइ रहेको छ । उनीहरू कोहि बारीमा फूल टिप्न त कोहि घरको आँगनको डिलमा बसेर माला उन्न व्यस्त देखिन्छन्।
तिहार मुख्यतः दिदीभाई र दाजुबैनीको पर्व हो । तिहारमा मखमलीको माला लगाइदिने चलन छ । जसका कारण तिहारमा मखमली फूलको माग उच्च हुने गर्दछ ।
स्थानीय व्यवसायीहरूका अनुसार गएको वर्ष ७० देखि ८० रुपैयाँसम्म एउटा मखमली फूलको माला बेचेको तर अहिले बजारको मूल्य घटेका कारण २० देखि २५ रुपैयाँ सम्ममा मात्र माला बेचेको बताउँछन्।


