काठमाडौंमा चिनियाँ कला र सँस्कृति झल्काउने चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा चिनियाँ संस्कृति झल्काउने नव वर्ष चित्रकलाको प्रदर्शनी आजदेखि सुरु भएको हो ।
प्रदर्शनीको पूर्व उपप्रधानमन्त्री सुजता कोइराला, नेपालस्थित चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमनि हर्तमछल्ली, शाङ्घाई इतिहास सङ्ग्रहालयका अध्यक्ष चउ छुन्ह्वा लगायतले उद्घाटन गरे। प्रदर्शनी ३१ जनवरीसम्म चल्नेछ।
कार्यक्रममा चिनियाँ बालबालिकाले नेपाली र चिनियाँ गीतको प्रस्तुति दिएका थिए भने विभिन्न वाद्यवादन तथा क्यालिग्राफी मार्फत आफ्नो कला पनि प्रस्तुत गरेका थिए।

