भुसालको निर्देशनमा बनेको ‘बग्दै होला दरम खोला नि’ गीत सार्वजनिक

काठमाडौं – ‘बग्दै होला दरम खोला नि’ बोलको दोहोरी गीत बजारमा सार्वजनिक भएको छ। दुई प्रेमीको प्रेम र वियोगलाई प्रस्तुत गरेको उक्त गीतको निर्देशन र सम्पादनको काम गिरीप्रसाद भुसालले गरेका छन्। उनको कुशल निर्देशनले गीतलाई दृश्यात्मक रुपमा उत्कृष्ट बनाउने काम गरेको छ।

भिडियोको छायांकन प्रदीप कँडेलले गरेका छन्। त्यस्तै श्रृङ्गारको काम श्रद्धा कँडेलले गरेकी छन्।

गीतकार लक्ष्मण चापागाईंको रचनामा संकल्प सुवेदीले संगीत भरेका छन्। साथै उत्कृष्ट गायकगायिका लक्ष्मण चापागाई र सुनिता बुढा क्षेत्रीको सुमधुर आवाजले गीतलाई अझै उत्कृष्ठ बनाएको छ।

उक्त गीतको एरेञ्जर रमेश सेञ्चुरीको रहेको छ। त्यस्तै मालश्री रेकडिङ स्टुडियोमा गीत रेकर्ड गरिएको हो।

आफूले प्रेमीबाट पाएको धोकालाई व्यक्त गरेको गीतको भिडियोलाई लक्ष्मण भुसाल, सुप्रिया हमाल तथा रहमान बस्नेतको उत्कृष्ट अभिनयले भावनात्मक रुपमा झनै समृद्ध बनाएको छ।

गीतकार लक्ष्मण चापागाईको शब्द, संकल्प सुवेदीको लय, र गायिका तथा गायकको स्वर मिलेर बनेको यो गीतले नेपाली सांगीतिक क्षेत्रमा नयाँ योगदान दिने विश्वास गरिएको छ।

हेर्नुस् भिडियो

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको