रगताम्य जुत्ता एक परिवर्तनको प्रतीक

बानेश्वरको सडकमा वेवारिस रक्ताम्य जुत्ता
केवल जुत्ता थिएन,
छालाबाट निर्मित केवल एक आवरण थिएन
यो त समयले लेखेको गन्तब्य तर्फ बढ्दै गरेको एक दृढ पाइला थियो
साहसले भरिएको निडर गन्तब्य थियो
इतिहास लेख्न तम्सिएको जुत्ताको आवरणमा एउटा पुस्ता थियो।
जुत्ताले बर्षौ सह्यो
भ्रष्टचारका धुलो,
अनियमिताको हिलो
स्वेच्छाचारिताको टट्याउने घाम, जवाफहिनताको कालो बाक्लो ढल,
सहँदा सहँदा अति भएपछि
एकदिन सहनशीलताको बाँध फुट्यो
जुत्ताले सहन सकेन
अन्यायको बोझ,
भ्रष्टाचारको नाङ्गो नाच
शासकहरूको दम्भ र घमण्ड
र सडकमा उफ्रियो एक पुस्ता बनेर
त्यो दिन
सडकमा लड्दा जुत्ता मात्र लडेन
सडकमा चरम निराशाको
चिच्याहट गन्जियो,
निराशाको कालो
रङ्ग बोकेर
आशाको सेतो भबिष्य कोर्न
जुत्ता सडकमा उफ्रियो
भविष्यको सपनाहरूका लागि लड्यो
जुत्ताका हेरेक पहिलामा लेखियो
हामी झुक्दैनौं,
हामी सहन्नौ,
हामी बदल्छौं समय
यो जुत्ता—
न त नाइकी थियो, न एडिडास,
न अन्य कुनै विदेशी ब्राण्ड
यो त जनताले जन्माएको ब्राण्ड थियो
Gen Z ब्राण्ड
जहाँ ब्राण्डको मूल्य पैसाले होइन,
बलिदानले तोकेको थियो
परिवर्तनले बोकेको थियो
साहासले जन्मिएको थियो
रगताम्य त्यो जुत्ताले आज
कोरेको छ इतिहास
र बढ्नेछ अब
बिद्रोहबाट बलियो भबिष्यतर्फ
आन्दोलनबाट आशाको सन्चार
निर्माण गर्नेछ घामले झै उज्यालो भविष्य
जुत्ता सुनौलो सन्देश बन्यो
अन्याय बिरुद्ध लड्दा
रगतले रङ्ग्याइन्छ भने
हजारौँ खुट्टा उठ्नेछन्
एक पाइला लडखडाउँदा
लाखौँ पाइला जुट्नेछन्
एक पुस्ताको रगत सडकमा पोखिँदा
लाखौँ लाख जुर्मुराउँनेछन्
बानेश्वरमा रक्ताम्य जुत्ता
नेपालीको भाग्य निमार्णको सुरुवात बन्यो
राष्ट्रको नमर्ने आत्मा बन्यो
नयाँ पुस्ताको आशाको किरण बन्यो
अब जुत्तामा टट्याइरहेको रगतबाट कोरिनेछ
न्यायको बाटो
भ्रष्ट्राचार अन्त्यको मार्ग
सुशासनको रेखा
भावि पुस्ताको सुनौलो भबिष्य
बन्नेछ देश सुन्दर शान्त र सभ्य नेपाल
भुषण गौतम, सूर्योदय नगरपालिका, इलाम 

सिफारिस

काठमाडौँबाहेक सबै अदालतबाट रविका अरू मुद्दा फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग काठमाडौँबाहेकका सबै जिल्लामा फिर्ता लिइएको छ। सोमबार रुपन्देही जिल्ला अदालतले समेत अभियोग फिर्ता...

रहेनन् पूर्वगृहमन्त्री थापा, पशुपतिमा अन्त्येष्टि

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उनको शुक्रबार ललितपुरमा निधन भएको हो। दिवङ्गत थापाको अन्त्येष्टि आइतबार काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिएको जनाइएको...

डोल्पाको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर (तस्वीरहरू)

डोल्पा — नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध देश हो। यिनै सम्पदामध्ये डोल्पा जिल्लाको त्रिपुराकोटमा अवस्थित बाला त्रिपुरासुन्दरी मन्दिर विशेष धार्मिक तथा सांस्कृतिक...

भर्खरै

रहेनन् पूर्वगृहमन्त्री थापा, पशुपतिमा अन्त्येष्टि

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार...

डोल्पाको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर (तस्वीरहरू)

डोल्पा — नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध...

नयाँ बसपार्क ट्राफिकको सडक सुरक्षा सम्बन्धी एकमहिने सचेतना कार्यक्रम सुरु

काठमाडौं — ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको आयोजनामा सडक...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा नागार्जुनमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं — नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान–नेपाल एलुम्नी नेटवर्क...

१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं - बेलायतका प्रधानमन्त्री स्टार्मरले १६ वर्ष भन्दा कम...

अमेरिका-इरान शान्ति सम्झौतापछि ह्वातै घट्यो तेलको मूल्य

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति...

धेरै पढिएको