सुदूरपश्‍चिमको धनगढीमा पर्यटन फोटो पत्रकारिता तालिम

धनगढी – सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पर्यटन फोटो पत्रकारिता तालिमको दोस्रो संस्करण सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबि) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ कैलालीसँग सहकार्यमा तीनदिने तालिम सञ्चालन गरिरहेको हो ।

पर्यटन प्रवर्द्धन, दृश्य अभिलेखन, ब्रान्ड प्रमोशन तथा स्थानीय समुदायको पर्यटन सहभागिता वृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको तालिममा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट करिब ३५ जना पत्रकार सहभागी छन् । उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले तालिम प्रदेशकै पर्यटन अभियानलाई सुदृढ बनाउन माइलस्टोन बन्ने बताए । उनले भने, “सुदूरपश्चिम धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्वपूर्ण केन्द्र हो । यहाँका पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि गरिएको यो तालिम दीगो पर्यटनका लागि टेवा पुर्‍याउने छ ।”

नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकारको क्षमतावृद्धि र गुणस्तरीय सामग्री उत्पादनका लागि यस्ता तालिम आवश्यक रहेको बताए । उनले भने, “मिडियाको स्तर सुधार्ने सबैभन्दा प्रभावकारी माध्यम नै सिपमा आधारित तालिम नै हो ।” राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारिता पर्यटन प्रवर्द्धनको आधारभूत साधन भएको उल्लेख गर्दै भने, “एक उत्कृष्ट तस्बिरले हजार शब्द बोल्छ । नेपाललाई लेन्समार्फत विश्वमा चिनाउन सकियो भने पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्‍नेछ ।”

तालिमका सहभागीले फील्ड अभ्यासका क्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जैविक विविधता, वन्यजन्तु, घाँसेमैदान, प्राकृतिक आकर्षण र पर्यटन सम्भावनाहरू अवलोकन गर्दै ‘उच्चस्तरको फोटो–डोकुमेन्टेसन’ तयार गर्नेछन् ।

पहिलो सत्रमा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन पत्रकारिताको आधारभूत प्रक्रिया र सञ्चार रणनीतिबारे प्रशिक्षण दिएका थिए । उनले भने, “मिडिया गन्तव्य र आगन्तुकबीच पुलको काम गर्ने भएकोले पत्रकारहरुले दीगो र उत्तरदायी पर्यटन प्रबर्द्धनका लागि आफ्नो लेखनलाई केन्द्रित गर्नुपर्दछ । प्रभावकारी तस्बिरहरूले गन्तव्यको कथा विश्वभर पुर्‍याउन सक्ने भएकोले गन्तव्यको ब्रान्डिङमा ध्यान दिनुपर्दछ ।”

फोटो पत्रकार तथा प्रशिक्षक सुनिल चुडा बज्राचार्य, प्रकाशचन्द्र तिमिल्सेना र प्रदीपराज वन्तले फोटो पत्रकारिताको विकासक्रम, फ्रेम निर्माण, तस्बिर कथा निर्माण, प्रकाश–छायाँको व्यवस्थापनलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण सञ्चालन गर्नेछन् ।

कार्यक्रमको सहजीकरण एनएफपीजेका कोषाध्यक्ष प्रदीप श्रेष्ठले गरेका थिए । यसअघि पहिलो संस्करण कोशी प्रदेशको विराटनगरमा तालिम सञ्‍चालन गरिएको थियो भने तेस्रो संस्करण गण्डकी प्रदेशको पोखरामा सञ्‍चालन गरिनेछ ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको