काठमाडौं – नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रममार्फत सम्पन्न गरिएको हो।

सोही अवसरमा प्रधान सेनापतिले महासेनानी र प्राविधिक सेवाका प्रमुख सेनानी पदोन्नति भएकालाई पनि दर्जाअनुसार दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृतहरू तथा पदोन्नति भएका अधिकारीका परिवारजनको उल्लेख्य उपस्थिति रहेको थियो।
