संखुवासभा – नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा मतदातालाई जानकारी गराउँदै यसपटकको निर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवारीको कुनै दाबी नरहने स्पष्ट पारेका हुन् ।
उनले पार्टी एकता, सत्य, इमानदारी, निष्ठा र नैतिकताको महत्वलाई आत्मसात् गर्दै सबै कांग्रेसीहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा पनि व्यक्त गरेका छन् ।
