सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे ध्यानाकर्षण गराएका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा गएको टोली सहभागी थियो। सो अवसरमा अध्यक्ष वन्तले सभामुख अर्याललाई पदभार ग्रहणको बधाई दिँदै फोटो पत्रकारहरूले कार्यक्षेत्रमा भोगिरहेका चुनौतीहरूबारे विस्तृत जानकारी गराए।

उनले विशेषगरी संसद् परिसरभित्र फोटो खिच्ने स्थानको अभाव, पहुँचसम्बन्धी कठिनाइ तथा कार्यसम्पादनमा देखिएका अवरोधहरू समाधान गर्न समन्वयात्मक पहल आवश्यक रहेको बताए।

सभामुख अर्यालले हाल संसद् बैठक सञ्चालन भइरहेको स्थान अस्थायी भएकाले यस्ता समस्या देखिएको उल्लेख गर्दै नयाँ संसद् भवन सञ्चालनमा आएपछि अवस्था सुधार हुने विश्वास व्यक्त गरे। उनले नयाँ भवन सञ्चालनका लागि तयारी तीव्र गतिमा अघि बढिरहेको र छिट्टै कार्यान्वयनमा आउने जानकारी पनि दिए।

फोटो पत्रकारहरूको पेशागत हकहित तथा कार्यसुविधा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताउँदै सभामुख अर्यालले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

सिफारिस

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ। खड्काको पक्राउ र म्याद थप कानुनसम्मत नदेखिएको भन्दै कामु प्रधानन्यायाधीश सपना प्रधान...

भर्खरै

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

पृथु बास्कोटा कर्पोरेट टी–१० लिगका ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको...

धेरै पढिएको