रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  कार्यक्रमबारे विस्तृत जानकारी सार्वजनिक गरेको हो।

आयोजकका अनुसार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुने यस वर्षको कार्यक्रममा १४ विधामा उत्कृष्ट स्रष्टा तथा कलाकारलाई सम्मान गरिनेछ। साथै, जीवनभरको योगदान सम्मान तथा वर्षकै सर्वाधिक ऊर्जाशील प्रस्तोता सम्मान समेत प्रदान गरिनेछ।

कार्यक्रमलाई भव्य सांगीतिक महोत्सवका रूपमा प्रस्तुत गरिने आयोजकको भनाइ छ। कार्यक्रममा जोन एण्ड द लोकल्स, दीपक बज्राचार्य, उज्जन साक्य, समृद्धि राई, मन्त्र ब्याण्ड, शिव परियार, यमन श्रेष्ठ, सलिना बिक, सजिश श्रेष्ठ तथा हास्य कलाकार प्रभात लामा र कर्मा सिंह लामालगायत चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ।

यस वर्ष उत्कृष्ट नव गायक/गायिका, उत्कृष्ट गीतकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक तथा गायिका, उत्कृष्ट पार्श्व गायक तथा गायिका, उत्कृष्ट पप गायक तथा गायिका, उत्कृष्ट सांगीतिक समूह, उत्कृष्ट हिपहप तथा आर एन्ड बी कलाकार र उत्कृष्ट आधुनिक गायक तथा गायिकासहित १४ विधामा अवार्ड प्रदान गरिनेछ।

त्यस्तै, गीत–सङ्गीत तथा कलाको क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएका व्यक्तित्वलाई एक लाख रुपैयाँ राशिसहित जीवनभरको योगदान सम्मान प्रदान गरिनेछ।

कार्यक्रममा दर्शक तथा स्रोताको सहभागिता सुनिश्चित गर्न जनमत पुरस्कार पनि समावेश गरिएको छ। यसका लागि सहभागीहरूले ई–सेवामार्फत मत दिन सक्नेछन्। सर्वाधिक मत प्राप्त गर्ने गीत तथा स्रष्टालाई जनमत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

पुरस्कारका लागि २०८२ वैशाख १ गतेदेखि २०८२ चैत मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतहरूलाई आधार बनाइएको छ। विभिन्न विधाका उत्कृष्ट पाँच–पाँच मनोनयन छनोट गर्न तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो।

कार्यक्रममा सयभन्दा बढी कलाकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कान्तिपुर मिडिया समूहका निगम तथा कार्यक्रम व्यवस्थापक सिम्रन श्रेष्ठले यो पुरस्कार नेपाली सङ्गीत उद्योगको साझा मञ्च भएको बताउँदै यसले नेपाली सङ्गीतको प्रवर्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

त्यस्तै,  कान्तिपुर पब्लिकेसनका चिफ मार्केटिङ अफिसर सागर केसीले पनि यो पुरस्कार नेपाली सङ्गीत क्षेत्रलाई एकताबद्ध गर्ने साझा थलोका रूपमा स्थापित भएको बताए।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको