रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  कार्यक्रमबारे विस्तृत जानकारी सार्वजनिक गरेको हो।

आयोजकका अनुसार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुने यस वर्षको कार्यक्रममा १४ विधामा उत्कृष्ट स्रष्टा तथा कलाकारलाई सम्मान गरिनेछ। साथै, जीवनभरको योगदान सम्मान तथा वर्षकै सर्वाधिक ऊर्जाशील प्रस्तोता सम्मान समेत प्रदान गरिनेछ।

कार्यक्रमलाई भव्य सांगीतिक महोत्सवका रूपमा प्रस्तुत गरिने आयोजकको भनाइ छ। कार्यक्रममा जोन एण्ड द लोकल्स, दीपक बज्राचार्य, उज्जन साक्य, समृद्धि राई, मन्त्र ब्याण्ड, शिव परियार, यमन श्रेष्ठ, सलिना बिक, सजिश श्रेष्ठ तथा हास्य कलाकार प्रभात लामा र कर्मा सिंह लामालगायत चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ।

यस वर्ष उत्कृष्ट नव गायक/गायिका, उत्कृष्ट गीतकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक तथा गायिका, उत्कृष्ट पार्श्व गायक तथा गायिका, उत्कृष्ट पप गायक तथा गायिका, उत्कृष्ट सांगीतिक समूह, उत्कृष्ट हिपहप तथा आर एन्ड बी कलाकार र उत्कृष्ट आधुनिक गायक तथा गायिकासहित १४ विधामा अवार्ड प्रदान गरिनेछ।

त्यस्तै, गीत–सङ्गीत तथा कलाको क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएका व्यक्तित्वलाई एक लाख रुपैयाँ राशिसहित जीवनभरको योगदान सम्मान प्रदान गरिनेछ।

कार्यक्रममा दर्शक तथा स्रोताको सहभागिता सुनिश्चित गर्न जनमत पुरस्कार पनि समावेश गरिएको छ। यसका लागि सहभागीहरूले ई–सेवामार्फत मत दिन सक्नेछन्। सर्वाधिक मत प्राप्त गर्ने गीत तथा स्रष्टालाई जनमत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

पुरस्कारका लागि २०८२ वैशाख १ गतेदेखि २०८२ चैत मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतहरूलाई आधार बनाइएको छ। विभिन्न विधाका उत्कृष्ट पाँच–पाँच मनोनयन छनोट गर्न तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो।

कार्यक्रममा सयभन्दा बढी कलाकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कान्तिपुर मिडिया समूहका निगम तथा कार्यक्रम व्यवस्थापक सिम्रन श्रेष्ठले यो पुरस्कार नेपाली सङ्गीत उद्योगको साझा मञ्च भएको बताउँदै यसले नेपाली सङ्गीतको प्रवर्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

त्यस्तै,  कान्तिपुर पब्लिकेसनका चिफ मार्केटिङ अफिसर सागर केसीले पनि यो पुरस्कार नेपाली सङ्गीत क्षेत्रलाई एकताबद्ध गर्ने साझा थलोका रूपमा स्थापित भएको बताए।

सिफारिस

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ। उद्धार कार्यमा नेपाली सेनाका...

भर्खरै

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

धेरै पढिएको