पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी क्वान्टिन्यम स्कुलको टोलीलाई सफलताको शुभकामना व्यक्त गर्दै औपचारिक बिदाइ गरेकी छन्। आगामी असार २३ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न जाने टोली असार २१ गते फ्रान्स प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रतियोगितामा सहभागी हुने नेपाली टोलीमा साक्षत नेपाल, वाङ्दु दोर्जे गुरुङ, श्रियांश श्रेष्ठ, अर्नवराज भारती, आह्वान शाक्य, विहान खड्गी र लिसान श्रेष्ठ रहेका छन्। टोलीको प्रशिक्षकका रूपमा पुष्प बिष्ट (ज्वाला) रहेका छन्।

बिदाइ कार्यक्रममा राखेप सदस्य श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागेको टोलीलाई सफलताको शुभकामना दिँदै प्रतियोगितामार्फत नेपालको खेल प्रतिभालाई विश्वमञ्चमा चिनाउने विश्वास व्यक्त गरिन्। उनले खेलाडीहरूले अनुशासन, आत्मविश्वास र उत्कृष्ट प्रदर्शनमार्फत देशको प्रतिष्ठा बढाउने अपेक्षा समेत व्यक्त गरिन्।

स्वस्तिश्री गुरुकुल आईबी क्वान्टिन्यम स्कुलका विद्यार्थीहरूको यस अन्तर्राष्ट्रिय सहभागिताले नेपाली खेल प्रतिभालाई विश्वस्तरमा परिचित गराउनुका साथै युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

सिफारिस

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख रुपैयाँ नगद...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

भर्खरै

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

धेरै पढिएको