ऊर्जा मन्त्रालयमा एक सचिव मात्रै, दवाडीलाई पूर्ण जिम्मेवारी

काठमाडौं – सरकारले मन्त्रालयहरूको संख्या घटाउँदै प्रशासनिक संरचना पुनर्गठन गरेसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमा अब एक जना मात्र सचिव रहने भएका छन् ।

सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ अनुसार मन्त्रालयहरूको संख्या २२ बाट १८ मा झारिएपछि सचिवहरूको दरबन्दी पुनः मिलान गरिएको हो । सोही निर्णयअनुसार दुई सचिव रहने मन्त्रालयहरूमा अब एक जना मात्र सचिव राख्ने व्यवस्था लागू गरिएको छ ।

यसक्रममा अब मन्त्रालयमा सिँचाइतर्फकी सचिव सरिता दवाडी मात्र सचिवका रूपमा रहनेछिन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरन्जिवी चटौतलाई सरुवा गरेर नेपाल ट्रष्टको कार्यालयमा पुर्‍याइएको छ । जल तथा ऊर्जा आयोगका सचिव दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा पुर्‍याइएको छ। सरजुकुमार वैद्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयको जिम्मेवारी सुम्पिएको छ।

नयाँ व्यवस्थासँगै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रशासनिक तथा प्राविधिक नेतृत्वको सम्पूर्ण जिम्मेवारी अब दवाडीले एक्लै सम्हाल्ने भएकी छिन् ।

सिफारिस

हर्क साम्पाङमाथि ट्राफिकको कारबाही

काठमाडौं - नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई कारबाही गरेको...

१० सचिवको सरुवा, को कहाँ ?

काठमाडौँ - सरकारले १० सचिवको सरुवा गरेको छ । गत शुक्रबार मन्त्रिपरिषद्को निर्णयका आधारमा १० सचिवको सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको...

नेपाल बन्यो एसियाली खेलकुद छनोटको च्याम्पियन

नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई डिएलएस मेथडमा १९ रनले पराजित...

भर्खरै

१० सचिवको सरुवा, को कहाँ ?

काठमाडौँ - सरकारले १० सचिवको सरुवा गरेको छ ।...

नेपाल बन्यो एसियाली खेलकुद छनोटको च्याम्पियन

नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ।...

फोटो पत्रकारहरूका लागि प्राथमिक उपचार तालिम सम्पन्न

काठमाडौं - सम्पादक समाज नेपालको आयोजना तथा नेपाल रेडक्रस...

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत्...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

धेरै पढिएको