कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा रहेको यस हिमालले हरेक वर्ष हजारौँ तीर्थयात्री र पर्यटकलाई आकर्षित गर्दै आएको छ।

कैलाश हिमाल समुद्री सतहबाट करिब ६,६३८ मिटर उचाइमा अवस्थित छ। यसको चुचुरो पिरामिड आकारको देखिने भएकाले पनि यसले विशेष आकर्षण बोकेको मानिन्छ। धार्मिक विश्वासअनुसार हिन्दु धर्ममा भगवान शिवको वासस्थलका रूपमा कैलाशलाई श्रद्धापूर्वक हेरिन्छ भने बौद्ध, जैन र बोन धर्ममा पनि यसलाई आध्यात्मिक केन्द्रका रूपमा मान्यता दिइएको छ।

कैलाशको काखमै रहेको मानसरोबर ताल पवित्र जलाशयका रूपमा परिचित छ। तीर्थयात्रीहरूले मानसरोवर स्नान र कैलाश दर्शनलाई आध्यात्मिक शुद्धता तथा आत्मिक अनुभूतिसँग जोड्ने गरेका छन्।

कैलाश–मानसरोवर क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, धार्मिक महत्व र मौन वातावरणले यहाँ पुग्नेहरूलाई विशेष अनुभूति दिलाउने गरेको छ। कठिन यात्रा र उच्च हिमाली भूगोलका बाबजुद पनि कैलाश परिक्रमा धेरै श्रद्धालुका लागि जीवनकै महत्वपूर्ण आध्यात्मिक यात्रामध्ये एक बन्ने गरेको छ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको