काठमाडौं – लियोनेल मेसीले आफ्नो ऐतिहासिक छैटौँ विश्वकप यात्रालाई थप अविस्मरणीय बनाएका छन्। अल्जेरियाविरुद्धको खेलमा ७६औँ मिनेटमा अर्को गोल गर्दै उनले विश्वकप इतिहासमा पहिलो पटक ह्याट्रिक पूरा गरेका छन्।
यसअघि नै खेलको सुरुआती चरणमा दुई गोल गरिसकेका मेस्सीले तेस्रो गोल थप्दै अर्जेन्टिनालाई ३–० को बलियो अग्रता दिलाएका हुन्। यो उपलब्धिसँगै उनले विश्वकप मञ्चमा अर्को ऐतिहासिक अध्याय थपेका छन्।
यो खेल मेस्सीका लागि अर्को कारणले पनि विशेष बनेको छ। उनले अर्जेन्टिनाका लागि आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल खेल्दै नयाँ कोशेढुंगा पार गरेका छन् भने छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाएका छन्।
३८ वर्षको उमेरमा पनि निर्णायक प्रदर्शन गर्दै मेस्सीले विश्व फुटबलमा आफ्नो प्रभाव कायम रहेको सन्देश दिएका छन्।
