मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ।

बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा मेन्टेन एफसीले होराक एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै होराक एफसी भने प्रतियोगिताको उपविजेतामा सीमित बनेको छ।

फाइनल खेलको सुरुवातदेखि नै दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल देखिएको थियो। खेलको दोस्रो मिनेटमै सन्दीप कार्कीले गोल गर्दै होराकलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, लगत्तै मेन्टेनका तर्फबाट रविन चौलागाईंले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

खेलको नवौँ मिनेटमा होराकका लागि सैलेन्द्र मगरले अर्को गोल गरेपछि पहिलो हाफमा होराक २-१ ले अघि रह्यो। दोस्रो हाफको अन्तिम मिनेटमा होराकले पुनः गोल गर्दै ३-१ को बलियो अग्रता बनाएको थियो। तर, खेलको अन्तिम समयमा मेन्टेनका योगेश श्रेष्ठले उत्कृष्ट पुनरागमन गराए। योगेशले लगातार दुई गोल गर्दै खेललाई ३-३ को बराबरीमा पुर्‍याएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।

पेनाल्टी सुटआउटमा मेन्टेनले ४-३ को जित निकाल्दै पहिलो संस्करणको उपाधि चुम्न सफल भयो।साउन १५ देखि १७ गतेसम्म आयोजना भएको यस प्रतियोगितामा कुल ३२ वटा टोलीको सहभागिता रहेको थियो।

पहिलो क्वार्टरफाइनल: मेन्टेन एफसीले नोबेल फुटबल एकेडेमीलाई २-० ले हरायो (लाक्पा तामाङ र पेमा तामाङको १-१ गोल)। दोस्रो क्वार्टरफाइनल: होराक एफसीले डाइनामिक एफसीलाई ३-१ ले पराजित गर्‍यो (विक्रान्त राणाको २ गोल र सन्दीप कार्कीको १ गोल)।

तेस्रो क्वार्टरफाइनल: ठमेल ११ ले एभरेस्ट एफसीलाई ३-१ ले पराजित गर्‍यो। चौथो क्वार्टरफाइनल: रोयल नेपालले करुणा एफसीलाई ४-० को फराकिलो अन्तरले पाखा लगायो।

यस्तै, पहिलो सेमिफाइनलमा होराक एफसीले ठमेल ११ लाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने दोस्रो सेमिफाइनलमा मेन्टेन एफसीले निर्धारित समय १-१ को बराबरीपछि पेनाल्टी सुटआउटमा रोयल नेपाललाई ३-१ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

यसैगरी, तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा ठमेल ११ ले रोयल नेपाललाई २-१ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्‍यो।

प्रतियोगिताको विजेता बनेको मेन्टेन एफसीले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँका साथै आकर्षक ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको होराक एफसीले रु ५१ हजार १ सय ११ र तेस्रो स्थान हासिल गरेको ठमेल ११ ले रु २१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाएका छन्।

विधागततर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट टोलीलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। नेपाली खेलकुदको विकास र विस्तारका लागि स्थापना भएको आयोजक संस्था पेसएक्स स्पोर्ट्सले भविष्यमा फुटसलका अलावा अन्य विभिन्न खेलकुद प्रतियोगिताहरू पनि निरन्तर आयोजना गर्दै जाने लक्ष्य राखेको जनाएको छ।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता–२०२६ आजदेखि भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ। चार...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

भर्खरै

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

धेरै पढिएको