कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि जनजाति–आदिवासी समूहअन्तर्गत रामकृष्ण चित्रकारले उम्मेदवारी दिनुभएको छ । चित्रकारले लामो राजनीतिक यात्रा, संगठन निर्माणमा सक्रियता तथा सामाजिक सेवामा आफ्नो अनुभवलाई आधार बनाउँदै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको हो ।

चित्रकार २०४२ सालदेखि सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँले नेपाल विद्यार्थी संघ पाटन क्याम्पसको संयोजक, जिल्ला सचिव तथा सभापति, नेविसंघ केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्षलगायतका जिम्मेवारी सम्हालि सक्नु भएको छ । त्यसैगरी, उहाँ २०५० सालदेखि नेपाली कांग्रेसको जिल्ला सदस्य, महासमिति सदस्यका रूपमा सक्रिय रहनुभएको थियो । उहाँ २०६४ सालमा संविधानसभा सदस्य बन्नुभएको थियो भने हाल बागमती प्रदेशसभाका सदस्यसमेत हुनुहुन्छ ।

उहाँले बागमती प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी समेत सम्हालि सक्नु भएको छ । बागमती प्रदेशसभाको आधिकारिक विवरणमा चित्रकार ललितपुर–२ (ख) बाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्यका रूपमा रहनु भएको थियो । राजनीतिसँगै चित्रकार अधिवक्ता, पत्रकारिता तथा शिक्षा क्षेत्रमा समेत संलग्न रहँदै आउनुभएको छ । उहाँ सामाजिक सेवामा पनि सक्रिय रहदै खाउनु भएको छ ।

चित्रकारका समर्थकहरूले उहाँको लामो राजनीतिक अनुभव, संगठनात्मक योगदान, संघर्ष तथा सामाजिक सेवाको पृष्ठभूमिलाई आधार बनाएर महाधिवेशन प्रतिनिधिहरूसँग समर्थनका लागि आग्रह गरेका छन् । महाधिवेशनमा जनजाति–आदिवासी समूहको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनुभएका चित्रकारको मतपत्र क्रमसंख्या २६ रहेको उहाँको सचिवालयले जनाएको छ । चित्रकारले महाधिवेशनका प्रतिनिधिहरूलाई आफूलाई मतदान गरी निर्वाचित गराउन आग्रह गर्नुभएको छ ।

सिफारिस

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले बेलायती सेनाका उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बेलायती सेनाका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ सोमबार लोकार्पण भएको छ। प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राखिएको उक्त कृतिमा देशप्रेम...

भर्खरै

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं - यस वर्षको बडादशैंको विजया दशमीका दिन टीका...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

बर्दिबास — नेपाली सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप...

कांग्रेस महाधिवेशनमा जितेन्द्र महर्जन ‘पारस’को केन्द्रीय सदस्यमा उम्मेदवारी

ललितपुर - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ललितपुरका कांग्रेस नेता...

विराटनगर किङ्स र एभरेस्ट बैंकबीच सहकार्यको निरन्तरता

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर...

धेरै पढिएको