चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा गरिएको परीक्षण खेतीबाट प्रतिहेक्टर ६ दशमलव ८६ मेट्रिक टन धान उत्पादन भएको हो ।

 

नेपाल र चीनबीचको कृषि विज्ञान तथा प्रविधि सहकार्यअन्तर्गत गरिएको परीक्षण सफल भएपछि मंगलबार धान कटानी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा चिनियाँ कृषि विज्ञ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक ऋषिराम कट्टेल, चिनियाँ दूतावासका प्रतिनिधि, परियोजनामा आबद्ध संस्थाका प्रतिनिधि तथा स्थानीय किसानको सहभागिता रहेको थियो ।

चोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसका धान विज्ञ वाङ छ्यानले नेपाली र चिनियाँ विज्ञको संयुक्त अनुसन्धान, प्राविधिक सहयोग तथा निरन्तरको मेहनतबाट उक्त उत्पादन हासिल भएको जानकारी दिनुभयो ।

विश्वविद्यालयका उपकुलपति कट्टेलले आठ सय दिनभन्दा बढी समयको अनुसन्धान र परीक्षणपछि प्राप्त उपलब्धिले नेपालको कृषि अनुसन्धान तथा धान उत्पादन वृद्धि गर्ने सम्भावना देखाएको बताउनुभयो । उहाँले यस प्रकारको सहकार्यले आधुनिक कृषि प्रविधिको विकास र प्रविधि हस्तान्तरणमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

चिनियाँ प्रतिनिधिमण्डलका नेता तान पिङले हाइब्रिड धानको सफल परीक्षणलाई नेपाल–चीन कृषि प्रविधि सहकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्नुभयो ।

सन् २०२३ मा सुरु भएको चोङछिङको सहयोगमा सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क परियोजनाअन्तर्गत नेपालमा धान, भैंसीपालन र तरकारी उत्पादनका तीनवटा प्रविधि प्रदर्शन केन्द्र सञ्चालनमा छन् ।

परियोजनाअन्तर्गत सञ्चालित तरकारी खेती कार्यक्रमबाट लगातार दुई वर्ष सफल उत्पादन भएको र किसानलाई कतारलगायत मध्यपूर्वका देशमा तरकारी निर्यात गर्नसमेत सहयोग पुगेको जनाइएको छ ।

कार्यक्रमपछि चिनियाँ प्रतिनिधिमण्डलले विश्वविद्यालयको प्रयोगशाला, कृषि प्रविधि प्रदर्शन क्षेत्र तथा अनुसन्धान पूर्वाधारको अवलोकन गरेको थियो । सो अवसरमा हाइब्रिड धानको थप अनुसन्धान, तोरी खेतीको विकास र कृषि प्रविधि हस्तान्तरणमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।

नेपाल र चीनबीचको संयुक्त प्रयासबाट प्राप्त यस उपलब्धिले नेपालको कृषि उत्पादकत्व वृद्धि, खाद्य सुरक्षा सुनिश्चितता तथा आधुनिक कृषि प्रविधिको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवामा व्याप्त राजनीतिक पहुँच, भनसुन, सरुवामा हुने चलखेल र सेवाप्रवाहमा हुने...

भर्खरै

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

धेरै पढिएको