नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा – नेपालमा थप १७ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज विहान विज्ञप्ती जारी गर्दै गण्डकी प्रदेशमा थप १७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको जानकारी दिएको हो । निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले स्याङ्जामा १०, कास्की र पूर्वी नवलपरासीमा ३÷३ तथा बागलुङमा १ जना गरी १७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको जानकारी दिए ।

स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष, हरिनास नगरपालिकामा १८ र ४० वर्षका दुई जना पुरुष, कास्कीको रुपा गाउँपालिकामा २३ र ३२ वर्षका पुरुष, पोखरा महानगरपालिकामा ५९ वर्षका पुरुष, नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकामा ३९ वर्षका पुरुषलाई कोभिड १९ को संक्रमण भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोभिड १९ संक्रमितको संख्या ७५ पुगेको छ ।

कोरोना संक्रमण पुष्टि भएका सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिनुभयो । नेपालमा हालसम्म कोभिड १९ संक्रमितको संख्या २ हजार ९ सय २९ पुगेको छ । कोभिड १९ को कारण ११ जनाको मृत्यु भएको छ ।

सिफारिस

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

भर्खरै

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

धेरै पढिएको