काठमाडौं- सरकारले गत चैत्र ११ गते देखि जारी लकडाउन खुकुलो बनाउने तयारी गरेको छ ।
साढे दुइ महिना लामो लकडाउनका कारण जनजीवन असामान्य भएको भन्दै लकडाउन खुकुलो बनाउन चौतर्फी दबाब बढेपछि सरकारले विस्तारै लकडाउन खुकुलो बनाउने तयारी गरेको हो ।
शुरुमा कोभिड–१९ संक्रमितको संख्या कम भएको जिल्लामा विस्तारै लकडाउन खुकुलो बनाउन सरकारको योजना छ । एक सय भन्दा कम कोभिड १९ संक्रमित भएका जिल्लाहरुमा भोलिदेखि क्रमशः लकडाउन खुकुलो पार्नेे तयारी भएको उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिए । उनले आगामी असार १ गतेपछि कसरी जनजीवन सामान्य बनाउने भन्नेबारे प्रस्तावित योजनामाथि पनि छलफल भइरहको बताए।
