प्रदेश २ मा बजेट अपुग भएको भन्दै बजेट थप गर्न सांसद यादवको माग

काठमान्डौं – पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनीधिसभाका सांसद प्रदीप यादवले प्रदेश २ मा थप दुई अर्ब बजेट थप्न मांग गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आ.व. २०७७/७८ को बजेटमा एक रुपैया खर्च कटौतीको प्रस्वताव अन्तर्गत संशोधनको प्रस्ताव दर्ता गराई शनिबार संसदमा बोल्दै सांसद यादवले अन्तर सरकारी वितिय हस्तानान्तरण प्रदेश र स्थानीयमा आगमी वर्षको बजेटको खण्ड १ मा भएको विध्येयकमा प्रदेश २ को लागि छुट्याईएको रकम समानिकरण अनुदान शिर्षक नं. २६३३१ मा २ अर्ब बजेट थप गर्नु पर्ने मांग गरेका हुन ।
उनले भने,‘‘ प्रदेश २ मा मानव विकास सुचाङक, गरिबीको दर अधिकतम, जनसंख्याको घनत्व बढि, कर पनि राम्रै उठाउने र कृषि उब्जनी पनि धेरै हुने भए पनि स्रोत बाँडफाँडमा यत्रो भिन्नता किन सभामुख महोदय ? संघ सरकारले दिन नखोजेको हो की ? के आधारमा प्रदेश २ ले जम्मा २ करोड ७७ लाख पायो त ? जबकी गण्डकी प्रदेशले १ अर्ब उन्नचास करोड उन्नासी लाख पायो, सुदुरपश्चिमी प्रदेशले एक अर्ब छब्बीस करोड २९ लाख पायो प्रदेश २ संग यस्तो भिन्नता किन ? भिखारी जस्तो प्रदेश २ लाई २ करोड दिएर हेप्न खोजेको हो ?’’
समाजवादी पार्टीका प्रभावशाली नेता समेत रहेका सांसद यादवले समानीकरण अनुदानमा कर्णालीलाई ९ अर्व ६३ करोड २९ लाख, सुदुरपश्चीमलाई ८ अर्व ७ करोड ६८ लाख बजेट दिनु तर प्रदेश २ लाई ७ अर्ब २ करोड १ लाख मात्रै बजेट दिएर अर्थमन्त्रीले किन विभेद गरेका हुन सभामुख महोदय भन्दै प्रश्न गरे ।
बजेट बाँडफाँडमा संघीय सरकारले षडयन्त्र गरेको भन्दै सांसद यादवले बजेट बाँडफाँडमा सन्तुलन भएन भने सर्बाेच्च अदालतमा मुद्दासेमत हाल्ने चेतावनी दिए । ‘‘सरकारले प्रदेश २ लाई फेल गर्न छानबिन नगरी कामै नलाग्ने कर्मचारी पठाउने गरेकोले कि त प्रदेशलाई कर्मचारी नियुक्ती गर्ने अधिकार देऊ, कि काम लाग्ने कर्मचारी पठाऊ,’’ उलने भने ।
‘आफ्नै ठाउँ र गाउँमा बजेट दिने जनसंख्या र गरिबी भएको प्रदेशलाई कम बजेट दिएर यति अन्याय किन ?,’ सांसद यादवको प्रश्न छ । संविधानले प्राकृतिक श्रोत तथा वितिय आयोगको सिफारिसमा बाँडफाँड हुने भनेको छ तरखै त सो आयोगको भुमिका र वैज्ञानिक वितरण प्रणाली भनेर प्रश्न गर्दै सांसद यादवले प्रदेश २ का जनतासंग भएको यो विभेद तत्काल संवोधन गर्न जोडदार माग गरे ।
झण्डै ८९ प्रतिशत वजेट केन्द्रमा राखी ११ प्रतिशत बजेट मात्र प्रदेश र स्थानीयमा राख्नु संघीयता विपरित भएकोले यो बजेट कदापी स्वीकार्य नगरिने बताउँदै तत्काल प्रदेश २ लाई दिने बजेटमा संशोधन गर्न सभामुखलाई सांसाद यादवले ध्यानाकर्षण गराएका हुन ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको