काठमाडौँ- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपालमा यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि चैत १० गते ७७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो।
नेपालमा लकडाउन भइरहँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले नेपालमा आइतबार एक्कासी ठूलो प्रभाव परेको महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि प्रतितोला २०५ रुपैयाँले बढेको छ। चैत १० गते प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ९२५ रुपैयाँ पुगेको छ।
साढे दुई महिनापछि नेपालमा सुनचाँदीको मूल्य तोकिएको छ।
