काठमाडौं- जनशक्ति अभाव र प्रयोगशालाको क्षमता कम भएकाले देशभर संकलन गरिएको स्वाब परीक्षणमा ढिलाई भएको छ । अहिले देशका विभिन्न स्थानका २१ वटा प्रयोगशालामा २४ हजार भन्दा बढी नमुना थुप्रिएका छन् ।
प्रयोगशालालाई आवश्यक सामग्री, जनशक्ति र ल्याबको क्षमता विस्तार हुन नसक्दा परिक्षणले तिब्रता पाउन नसकेको हो । पीसीआर परीक्षण गर्ने सबै प्रयोगशालामा भीटीएम, परीक्षण किट जस्ता सामान सहज रूपमा उपलब्ध हुन नसकेको अस्पतालहरुले बताएका छन् ।
प्रदेश पाँचमा पाँच हजार भन्दा बढी स्वाबको परीक्षण हुन बाँकी छ । प्रदेश दुईको स्वाब काठमाडौं ल्याएर परीक्षण गर्नुपर्ने बाध्यता छ । स्वाब धेरै थुप्रिएपछि सुदुरपश्चिमका केही दिनदेखि स्वाब संकलन नै रोकिएको छ ।
संकलन भएको स्वाबको पनि रिर्पोट आउन दुई सातासम्म लाग्न थालेको छ । स्वाब परीक्षणमा ढिलाई हुँदा क्वारेन्टिनवाटै संक्रमण फैलने जोखिम समेत बढेको छ । सरकारले भने असार १५ गतेवाट दैनिक १० हजार स्वाब परीक्षण गर्ने तयारी भइरहेको जनाएको छ ।
