काठमाडौँ- विश्वभर उपचारको क्रममा रहेका कोरोना संक्रमित भन्दा उपचारपछि निको हुनेको संख्या धेरै छ।
तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ७४ लाख ५२ हजार आठ सय नौ पुगेको छ।
वल्र्डओमिटरका अनुसार अहिलेसम्म संक्रमितमध्ये ३७ लाख ४९ हजार आठ सय ८६ जना उपचारपछि निको भएका छन्। अहिले ३२ लाख ८४ हजार चार जना उपचारको क्रममा छन्।
उपचारमा रहेकामध्ये पनि गम्भीर अवस्थाका संक्रमित बिरामीको संख्या ५३ हजार आठ सय १५ मात्रै छ।
गएको २४ घण्टामा विश्वभर गरेर एक लाख ३३ हजार २५ जनामा संक्रमण देखिएको छ। यसबीचमा संक्रमणको कारण पाँच हजार एक सय ५१ जनाले ज्यान गुमाएका छन्।
