काठमाडौँ- भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।
सशस्त्र प्रहरी बलका सर्लाहीका एसपी गंगाराम श्रेष्ठले सशस्त्र प्रहरीले १५ राउन्ड गोली हानेको पुष्टि गरे।
सशस्त्र प्रहरीको फायरिङबाट दुई भारतीयलाई घुँडामुनि गोली लागेको छ । २ जनाको अवस्था गम्भीर छ । सशस्त्र प्रहरीको हतियार खोस्ने भारतीयलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । उनलाई पनि गोली लागेको छ ।
‘नेपाल आउन खोजेका भारतीयलाई रोक्न खोज्दा ड्युटीमा रहेका सशस्त्रमाथि आक्रमण गरे। हतियार खोसेर लगे। हतियार फिर्ता ल्याउनहामीले पहिला १० राउन्ड हवाइ फायर गर्यौं तैपनि उनीहरूले हतियार नदिएपछि पछि पाँच राउन्ड गोली हानेका हौं,’ एसपी श्रेष्ठले भने।
सशस्त्रका पनि केही जवान घाइते भएको बताए।
