रामेछाप सदरमुकाम मन्थलीमा सरकार विरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दल रामेछापले संयुक्त रुपमा राँकेजुलुस निकालेका छन् ।
शुक्रबार साँझ मन्थली बजारमा राके जुलुस निकालेका हाे । सरकारले गरिरहेकाे गतिविधिकाे विरोध गर्दै जुलुस निकालिएकाे थियाे जुलुसमा सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न नसकेको, पीसीआर परिक्षणमा तिव्रता तथा दायरा बढाउन नसकेको, भ्रष्टचार मौलाएको भन्दै जुलुस निकालेका हुन ।
जुलुसमा सहभागीहरुले वर्तमान केपी ओली नेत्रित्वको सरकार पूर्णरुपमा असफल भएकाे भन्दै “नालायक ओलि राजिनामा दे, नलायक कम्युनिष्ट सरकार मरेपछि पिसिआर” जस्ता नारा लगाएका थिए । सरकार भ्रष्टाचारमा लिप्त भएकाे भन्दै कोरोना रोकथामका लागि गरेकाे १० अरब खर्चकाे हिसाब समेत मागेका थिए ।
