काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी बनाउन माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।
माइतीघर क्षेत्रको प्रदर्शनस्थलबाट चार जना विदेशी नागरिक र एक जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई नगर प्रहरीमा राखिएको छ ।
नेपालको कानुनले विदेशी नागरिकलाई कुनै पनि राजनीतिक सभा, सम्मेलन र प्रदर्शनमा भाग लिन निषेध गरेको छ।
