रामेछाप – रामेछाप जेसिजद्वारा शनिबार रामेछापकाे लिखु तामाकाेसि गाउपालीकामा रक्तदान तथा रामेछाप नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तारण गरेकाे छ । काेराेना भाइरसकाे संक्रमणबाट बच्न देशभर लगाइएको लकडाउनका कारण हुन सक्ने रगतकाे अभावलाई पुर्ति गर्न सहयाेग पुर्याउने उदेश्य लिखु तामाकोसी गाउपालिकाकाे खिम्तीमा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे रामेछाप जेसिजका कार्यकारी उपाध्यक्ष जीवन कार्कीले जानकारी दिए ।

नेपाल रेडक्रस शाेसाइटि रामेछापकाे प्राविधिक सहयाेगमा संचालन गरिएकाे रक्तदानमा ३ महिला र २४ जना पुरुष गरि २७ जनाले रक्तदान गरेकाे उपाध्यक्ष कार्कीले बताए । यसैगरि शनिवार नै रामेछाप नगरपालिकालाई विभिन्न किसिमकाे स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री जेसिजका कार्यकारी उपाध्यक्ष कार्कीले नगरपालिकाका प्रमुख नरबहादुर मगरलाई कार्यलयमा नै गएर हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएकाे सामग्रीहरुमा थर्मगन २ थान, पिपिइ सेट ४ थान, एन ९५ मास्क २० थान र सर्जिकल मास्क २ सय थान रहेकाे छ ।

उक्त सामग्री बुझ्दै नगर प्रमुख मगरले जेसिजले अत्यन्त महत्त्वपूर्ण सामग्री उपलब्ध गराएकाेमा धन्यवाद व्यक्त गर्दै नगरपालिकाकाे स्वास्थ्य शाखा प्रमुखद्वारा उक्त सामग्री अस्पताललाई उपलब्ध गराउने बताए । कार्यक्रममा रामेछाप नगरपालिकाका उप प्रमुख सिर्जना खड्का, स्वास्थ्य शाखा प्रमुख बिष्णु कार्की त्यसैगरी जेसिज रामेछापका पदाधिकारीहरु सन्ताेष खत्री, विमल पाैडेल,यादव केसि लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
