रामेछाप -नेपाली कांग्रेस रामेछाप काठमाडौ सम्पर्क समितिका अध्यक्ष राज नारायण श्रेष्ठ हिराे अवार्डबाट सम्मानित हुनुभएकाे छ ।
नेपाली ग्लोबल संस्था अमेरिकाले काेराेना भाइरस कोभिड – १९ काे महामारीलाई नियन्त्रण गर्नका लागि महत्त्वपूर्ण याेगदान पुर्याएकाे भन्दै काेभिड १९ हिरो अवार्ड” बाट सम्मानित गरिएकाे छ ।
सम्मानित श्रेष्ठले काेराेना नियन्त्रणका लागि हालसम्म रामेछाप जिल्लाका सबै गाउपालीकाकाे स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुलाइ स्वास्थ्य सुरक्षा सामग्री साथै अाैषधि उपलब्ध गराउनु भएकाे छ । काेराेना नियन्त्रणमा श्रेष्ठले अन्य विभिन्न सामाजिक कार्यहरु समेत गरिरहनु भएकाे छ ।
