काठमाडौं- रामेछापमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
लिखु तामाकोसी गाउँपालिकाका १ जना २९ बर्षीय पुरुष र मन्थली नगरपालिकाका १ जना १९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा आइतबार २ जना पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।
उनीहरु दुबै जना संक्रमित भारतबाट आएर पालिकाले बनाएको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् ।
