नेपाल भारतको छोटे भाई होइन सम्धी हो : रमेशजंग

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले नेपाल भारत सम्बन्ध छोटे र बडे भाईको नभई सम्धी – सम्धीको भएको बताएका छन् । आइतबार राष्ट्रियसभा बैठकमा बोल्ने क्रममा उनले भारत र नेपालका चेलीहरु एकअर्को देशमा विहेवारी हुने गरेको भन्दै उनले दुई देशको सम्बन्ध सम्धी ( सम्धीको भएको बताए । तर, ०४८ सालयता बनेका कुनै पनि सरकारले हामी भारतको छोटे भाई होइनौं, सम्धी हौं भन्ने हैसियत नराखेको पनि टिप्पणी गरे । ‘केही कुरामा सम्झौता गर्दैजाने ।

आफ्नो भ्मण सफल बनाउने । भ्रमणमा गएको जम्बो टोली फर्कने भयो विगतमा’ सांसद रायमाझीले भने, ‘हामीलाई हिन्दुस्तानले तिमिहरु छोटे भाई हो, हामी बडे भाई हो भन्यो । उसले मानेको छ,छैन हामी आफै छोटे भाई हुने प्रयास गर्यौ ।

हामी हिन्दूस्तानको छोटे भाई होइनौं सम्धी हौं भन्न सक्नुपथ्र्यो ।” प्रधानमन्त्री केपी ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा जनकपुरमा पुगेर मोदीले जस्तै वस्त्रमा सजिएको पनि स्मरण गरे । नेपालको संविधान दोस्रो संशोधान विधेयकको पक्षमा नेपाली कांग्रेस रहेको भन्दै उनले प्रतिनिधिसभाले शनिबार पारित गरेको संशोधन विधेयकको स्वागत गरे ।

भारतका रक्षामन्त्रीले नेपालको भूमि हुादै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि मात्र सरकार तातेको पनि उनले बताए । नेपालको अतिक्रमित भूमि समेटेर जारी नक्सा निशान छापमा समावेश गर्न संविधानमा संशोधन गरेर मात्र नपुग्ने उनको भनाई थियो । काली नदिपूर्वको भाग नेपालको भएको भन्दै उनले लिपुलेक,लिम्पियाधुरा र कालापानीमा नेपालको स्वामित्व स्थापित गर्न कुटनीतिक रुपबाट पहलकदमी लिनुपर्नेमा पनि जोड दिए ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको