कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले गर्यो महत्वपूर्ण ९ निर्णयहरु

काठमाडौँ- कोरोना भाइस संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले शुक्रबार महत्वपूर्ण निर्णयहरु गरेको छ ।

कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमको समीक्षा गर्दै सीसीएमसीले विभिन्न ९ वटा महत्वपूर्ण निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । केन्द्रले कोरोना संकटमा २४ घण्टा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउन सञ्चार मध्यम र सबै निकायलाई आह्वानसमेत गरेको छ ।

केन्द्रको बैठकका महत्वपूर्ण निर्णयहरु
१ क्वारेन्टाइनको स्तर विस्तार गर्दै लाने र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिने,
२ संक्रमण बढ्दै गएपछि आइसोलेसन केन्द्र व्यवस्थापन गर्ने । त्यसको जिम्मा प्रदेश सरकारलाई दिने,
३ रोजगारी दिने देश र रोजगारदाता कम्पनीले पनि खर्च नदिने श्रमिकको उद्धारका लागि गाइडलाइन बनाउने र शव व्यवस्थापनको निर्देशिका तयार गर्ने जिम्मेवारी श्रम मन्त्रालयलाई दिने,
४ स्वास्थ्य सामग्रीको थप व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई जिम्मेवारी दिने,
५ कूटनीतिक नियोगमा काम गर्ने कर्मचारी र परिवारका सदस्यलाई आवश्यकता हेरेर जान र आउन छुट दिने,
६ वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिकका हकमा श्रम मन्त्रालय र पढ्न जाने विद्यार्थीका हकमा शिक्षा मन्त्रालयलाई आवश्यकता हेरेर निर्णय गर्ने जिम्मेवारी,
७ कोरोना रोकथामाका लागि ३५ करोड रुपैयाँ प्रदेश मार्फत् पालिकालाई दिन निकासा,
८ कोरोना संक्रमण फैलिएको अवस्था हेरेर पालिकालाई पूर्ण सिल गर्ने जिम्मा प्रदेश सरकारलाई दिने । त्यसका लागि सीसीएमसीसँग समन्वय गर्नुपर्ने,
९ क्वारेनटाइनको खानपानको जिम्मा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई दिनेलगायत निर्णय सीसीएमसी केन्द्रले गरेको हो ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको