काठमाडौँ- काठमाडौँ र भक्तपुरमा गरि थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भक्तपुरमा ७ महिला र काठमाडौँका १ जना महिलामा कोरोना संक्रमण देखिएको छ। यस्तै हिजो शुक्रबार पनि काठमाडौँमा ३ जनामा कोरोना संक्रमण देखिएको थियो।
पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन खुकुलो भएसंगै बाहिर जिल्लाबाट आउने मानिसबाट काठमाडौँ उपत्यकामा जोखिम बढिरहेको छ।
