काठमाडौं – रामेछापमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १ महिला र २ जना पुरुषमा कोरोना भाइरस पोजिटिभ भएको जानकारी दिएका छन् ।
लिखु तामाकोसी गाउँपालिका-४ का ३ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो । उनीहरुमध्ये २५ वर्षीय पुरुष र २५ वर्षीया महिला श्रीमान-श्रीमती हुन् भने अर्का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएकोछ । भारतबाट आएपछि उनीहरु लिखु तामाकोसी गाउँपालिका -४ कोटगाउँको भृङ्गेश्वर माविको क्वारेन्टाइनमा बसिरहेका छन्।
