काठमाडौँ-स्वस्थ र खुशी रहन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली जनतालाई योगा गर्न सुझाव दिएका छन् । छैंटौं अन्तर्राष्ट्रिय योग दिवशको अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले योग साधनामा समाहित साधक/साधिका र योग गुरुहरुप्रति विशेष शुभकामना व्यक्त गरेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन् ‘तनाव, अवसाद, द्वेष, ईश्र्या र निन्दाका दुष्प्रभावबाट मुक्त गर्दै समाजलाई स्वस्थ, खुशी र सकारात्मक मनोचेतनाले डो¥याउन योग मानवीय जीवनको अङ्ग बन्नु आवश्यक छ । योगको महत्वका बारेमा जनचेतना अभिवृद्धि गर्ने र यसका सरल विधिहरुको जनसाधारणमा पहुँच पुर्याउने काममा यस दिवसलाई सबै तह र क्षेत्रले सार्थक बनाउनु पर्दछ ।’
योग प्राचीन ज्ञानशास्त्रको महत्वपूर्ण विधा भएकाले मानिसको शरीर, मन र कर्मलाई एकै स्थानमा अवस्थित गर्न भूमिका खेल्ने उल्लेख गरे । सिंगो विश्व सँगै नेपाल पनि कोरोना भाइरसको महामारीसँग जुधीरहेको बेला औषधीय गुणयुक्त आहर, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण विषय भएकाले योग आजको आवश्यकता रहेको बताए । शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक योग गर्नुपर्नेमा जोड दिएका छन् ।
