काठमाडौँ- ललितपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज ललितपुरकी १ महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै हिजो शनिबार पनि उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको थियो।
पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन खुकुलो भएसंगै बाहिर जिल्लाबाट आउने मानिसबाट काठमाडौँ उपत्यकामा जोखिम बढिरहेको छ।
