काठमाडौँ- नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलको अनुसार दैलेख दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरुषरहेको जानकारी दिएका छन् ।
उनी क्षय रोग तथा दमको रोगीसमेत थिए ।
ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा अस्पतालमा भर्ना भएका थिए
हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
