भोटेकोशी गाउँपालिकाका तीनवडाध्यक्षले गरे गाउँसभा बहिष्कार

चौतारा : भोटेकोशी गाउँपालिकाका बहुमत अर्थात तीन वडाध्यक्षहरुले गाउँपालिकाको सातौं गाउँसभा बहिष्कार गरेका छन् । पाँच वटा वडा रहेकोसोे गाउँपालिकाका वडा नम्बर १, २ र ४ का वडाध्यक्षहरुले गाउँपालिकाले मनोमानी ढंगले बजेट विनियोजन गरेको भन्दै बुधबारको नीति तथा कार्यक्रम र बजेट बहिष्कार गरेका हुन् ।

बुधबार भोटेकोशी गाउँपालिकाले आर्थिक वर्ष ०७७/ ७८ का लागि अनुमानित बजेट ल्याएको थियो । गाउँपालिकाका ५ वटा वडाका ३ जना वडाध्यक्षले बजेट सार्वजनिकीकरण कार्यक्रम बहिष्कार गरेका हुन् ।

वडा नम्बर १ का मुके शेर्पा, ४ का साङदोर्जे शेर्पा र २ का कैलाश पौडेलले बजेटको सार्वजनिकीकरण बहिष्कार गरेका हुन् । उनीहरु तीनैजना काँग्रेसबाट निर्वाचित हुन् । उनीहरुले ४६ करोडको बजेट गाउँपालिकाले प्रस्तुत गर्दा वडामा ८० लाख बजेट मात्रै दिएको भन्दै असहमति जनाएका हुन् ।

वडा नम्बर ४ का वडाध्यक्ष शेर्पाले विकासको माग वडामा धेरै भएको तर बजेट भने एकदमै कम भएकाले बजेट १ करोड ५० लाख विनियोजन गर्न गाउँपालिका अध्यक्षलाई भन्यौं तर अध्यक्षज्यूले मान्नुभएन त्यसैले बहिष्कार गरेको बताए । उनले भने, ‘ गत वर्ष पनि विकास बजेट खर्च गर्न नसकेर ६ करोड फ्रिज भयो हामीलाई बजेट देउ हामी काम गर्छैं भन्दा मान्नुभएन ।’ गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षका नाममा लाखौ बजेट राखेर वडामा बजेट नदिएको वडाध्यक्षहरुको आरोप छ । अध्यक्ष रोजगार कोष, उपाध्यक्ष कोष बनाएर झन्डै डेढ करोड बजेट विनियोजन गर्ने तर वडालाई चारो छरेको जस्तो गरेको भन्दै शेर्पाले आपत्ति जनाए ।गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा अध्यक्ष रोजगार कार्यक्रम भनेर ५० लाख बजेट विनियोजन गरिएको छ भने अध्यक्ष कोष भनेर छुट्टै कोष बनाइएको छ ।

यो केन्द्रको प्रधानमन्त्री रोजगार कोषको ठ्याक्कै नक्कल जस्तो देखिन्छ । साथै वडाध्यक्षहरुले गाउँपालिकाको भवन निर्माण गाउँपालिकाको केन्द्रमा नभएको बताएका छन् ।

गाउँपालिकाको सेन्टरमा गाउँपालिका भवन निर्माण गनुपर्ने हो तर अध्यक्षले आफूखुशी भवन निर्माण गर्न लागेको वडाध्यक्ष साङदोर्जे शेर्पाको आरोप छ ।

बनाउन लागेको भवन सडकको मापदण्ड पुरा नगरेको र खोला किनारबाट १ सय मिटर नजिक रहेको उनले बताए ।
सर्वोच्चले भवन निर्माणको काम रोक्न भन्दाभन्दै भवनमा २ करोड रकम विनियोजन गरेको प्रतिपनि वडाध्यक्षहरुको आपति छ ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको