रामेछाप-रामेछाप नगरपालिकाले घरेलु स्यानेटरी प्याड उत्पादनकाे तामिल लिएका महिलाहरू सिलाइ मेसिन उपलब्ध गराएकाे छ ।
नगरपालिकाले महिलाहरुकाे अायअार्जनमा सहयाेग पुर्याउने उदेश्यले तालिम लिएर व्यवसायकाे रुपमा स्यानेटरी प्याड उत्पादन गर्न चाहनेहरुका लागि शुक्रबार उक्त मेसिन उपलब्ध गराएको छ । महिलाहरू घरमै बसेर अायअार्जनकाे काम गर्न प्रेरित गर्न र उनिहरुकाे जीवनस्तरमा सुधार ल्याउनकाे लागि मेसिन उपलब्ध गराएकाे नगरिकी उपप्रमुख सिर्जना खड्काले बताउनु भयाे । गत अार्थिक वर्ष स्यानेटरी प्याड उत्पानकाे तालिम लिएका नगरका ९ वटै वडाका १८ जना महिलाहरुलाई नगरले निःशुल्क सिलाई मेसिन उपलब्ध उपप्रमुख खड्काले बताउनु भयाे ।
सरकारले विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याड वितरण गर्नु पर्ने नीति लिएसँगै नगरले घरेलु स्यानेटरी प्याड उत्पादनकाे तालिम संचालन गरेकाे थियाे । उक्त तालिम पश्चात् नगरमा उत्पादन भएका प्याडहरु नगरभित्र नै खपत हुने व्यवस्था समेत मिलाइएकाे छ । हाल उत्पादित प्याड विक्री गर्न बजारको समस्या समेत नरहेक समेत खड्काले बताउनुभयो ।
यसअघि महिला उद्यमीहरुले तालिम पछि उत्पादन गरेका स्यानेटरी प्याड नगर भित्रका विद्यालयहरुमा निःशुल्क उपलब्ध गराएकाे पनि खड्काले जानकारी गराउनु भयाे ।
