काठमाडौँ- कोरोना सक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका २ सैनिक जवानमा कोरोना पुष्टि भएको छ।
जेठ २० गते पाल्पाको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारको क्रममा मृत्यु भएका पूर्वखोला गाउँपालिका-१ सिलुवाका ४५ वर्षीय युवकको शव व्यवस्थापनको क्रममा २ जना सेनामा कोरोना देखिएको हो। सक्रमित हुनेमा नेपाली सेना गोरखदल गणमा कार्यरत ३३ वर्ष र ३६ वर्षका पुरुष रहेका छन्।
शव व्यवस्थापन पछि दुबै सैनिकलाई क्वारेन्टाइनमा राखिएको र १४ दिन पछि चेकजाँच गर्दा उनीहरुको रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा राखिएको, हाल दुवै स्वास्थ्य सामान्य रहेको गोरखदल गणका सेनानी मनोज डंगोलले बताए।
