काठमाडौँ – नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा उपचाररत रौतहटका १ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेन्टिलेटरमा राखेर उपचार भइरहेका रौतहटका ३० वर्षीय पुरूषको शनिबार राति आठ बजे मृत्यु भएको हो । हिजो आएको पिसिआर रिपोर्टमा उहाँलाई कोरोना संक्रमण देखियो।
रौतहटका ती युवामा पहिलादेखि नै छातीको समस्या थियो। केही दिनयता सास फेर्न समस्या भएपछि उनी एम्बुलेन्समा रौतहटबाट काठमाडौं आएका थिए।
योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ।
