काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो गंगालाल अस्पताल पुगेका छन् । चिकित्सकले प्रधानमन्त्री नियमित जाँचको लागि अस्पताल आएको बताएका छन् ।
उपचारमा संलग्न एक चिकित्सकका अनुसार अहिले उनको मुटु सम्बन्धी परीक्षण भइरहेको छ । चिकित्सकले प्रधानमन्त्री नियमित जाँचको लागि अस्पताल आएको बताएका छन् । यसअघि उनी बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठकका उपस्थित भएका थिए।
